

धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा “स्व.लोक बहादुर गुरुङ दोश्रो स्मृती कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका र गोरखाको घले हार्वेस्टिङ भिड्ने भएका छन् ।
आज सोमबार भएको पहिलो सेमिफाईनल खेलमा पन्चकन्या गाउँपालिका नुवाकोटलाई २-१ को सेटमा पराजित गर्दै घले हार्वेस्टिङ गोरखा फाईनल प्रवेश गरेको हो भने धादिङको सिद्धलेक गाउँपालिकालाई २-१ को सेटमा पराजित गर्दै दुप्चेश्वर गाउँपालिका फाईनल प्रवेश गरेको हो ।
फाईनल खेल भोलि मंगलबार बिहान ११ बजे हुने आयोजकले जनाएको छ ।
त्यस्तै तेस्रो स्थानको लागि पन्चकन्या गाउँपालिका नुवाकोट र धादिङको सिद्धलेक गाउँपालिका भोलि मंगलबार बिहान ९ बजे खेल्ने छन् ।
तमु युवा समाज सिद्धलेक-२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा १७ गतेदेखी सुरु भएको प्रतियोगिता अन्तरगत आज आईतबार लिग, क्वाटरफाईनल र सेमिफाईनल गरी ८ खेल सम्पन्न भएका थिए।
आज भएको खेलहरु :
लिग चरण
१.पन्चकन्या गाउँपालिका नुवाकोट VS दुप्चेश्वर गाउँपालिका नुवाकोट (दुप्चेश्वर गाउँपालिका बिजयी)
२.बराम समाज VS चक्रदेबी सेवा समाज (चक्रदेबी सेवा समाज बिजयी)
क्वाटरफाईनल
१.ज्वालामुखी गाउँपालिका धादिङ VS घले हार्वेस गोरखा (घले हार्वेस बिजयी)
२. पन्चकन्या गाउँपालिका नुवाकोट VS म्यागङ गाउँपालिका नुवाकोट (पन्चकन्या गाउँपालिका बिजयी)
३.सिद्धलेक गाउँपालिका VS चक्रदेबी सेवा समाज (सिद्धलेक गाउँपालिका बिजयी)
४.दुप्चेश्वर गाउँपालिका VS नव क्षितिज युवा क्लब (दुप्चेश्वर गाउँपालिका बिजयी)
सेमिफाइनल
१.पन्चकन्या गाउँपालिका नुवाकोट VS घले हार्वेस गोरखा (घले हार्वेस बिजयी)
२.सिद्धलेक गाउँपालिका VS दुप्चेश्वर गाउँपालिका (दुप्चेश्वर गाउँपालिका बिजयी)
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै द्धित्तिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले बताएको छ ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहयोगी संस्थाहरु धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ रहेको छ ।
लिग कम नकआउट आधारमा भएको प्रतियोगितामा १४ टोली सहभागी थिए। सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको थियो ।
जसअन्तरगत समूह ए मा चक्रदेवी सेवा समाज नलाङ, जिवन ज्योति युवा क्लब नलाङ, बराम समाज नलाङ, घले हार्वेस गोरखा छन् भने समूह बि मा म्यागङ गाउँपालिका नुवाकोट, जे.वाई.सि नलाङ र नवक्षितिज युवा क्लब, समूह सि मा धादिङको ज्वालामुखी गाउँपालिका, गल्छी गाउँपालिका र सिद्धलेक गाउँपालिका र समूह डि मा पञ्चकन्या गाउँपालिका नुवाकोट, नवकुण्ड गाउँपालिका रसुवा, त्रिपुरासुन्दरी गाउँपालिका धादिङ र दुप्चेश्वर गाउँपालिका नुवाकोट थिए।
तमु युवा समाजले हरेक बर्ष नेपालीहरुको महान चाड दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रतियोगिताको आजका तस्विरहरु हेर्नको लागि तलको तिन लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/share/p/171QZReuuX/
https://www.facebook.com/share/p/17NgvjkbmZ/
https://www.facebook.com/share/p/1CXoVGBNVB/
आजको सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारणको भिडियो हेर्नको लागि तलको लिंक खोलेर स्क्रोल गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |