

काठमाण्डौ । नेपालबाट यस वर्षको मनसुन बाहिरिन शुरू भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै ठाउँबाट मनसुन बाहिरिएको हो।
मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यसपालि केही ढिला गरेर मनसुन बाहिरिन शुरू गरेको हो।
मनसुन बाहिरिने समयमा अस्ति शुक्रवारदेखि आइतवार बिहानसम्म देशका धेरैजसो ठाउँमा वर्षा भएको थियो ।
नेपालमा गएको जेठ १५ गते मनसुन भित्रिएको थियो ।
मनसुन भित्रिएको २३औं दिनमा असार ६ गते देशभर फैलिएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यसपालि २ हप्ताअघि नै भित्रिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |