

काठमाण्डौ । आजदेखि बञ्चरेडाँडामा फोहर विसर्जन पुनः प्रभावित भएको छ ।स्थानीयवासीको अवरोधका कारण फोहर विसर्जन पुनः प्रभावित भएको हो।
नुवाकोटको ककनी र धादिङको धुनबेँसीमा रहेको बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै काठमाण्डौ उपत्यकाबाट फोहर बोकेर गएका गाडी रोकेका हुन् ।
फोहर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्ने लगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयवासीले गएको कात्तिक दोस्रो हप्ता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए ।
फोहर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गएको कात्तिक १६ गते पुग्नुभएका शहरी विकासमन्त्री कुलमान घिसिङले सहमति गरेपछि अवरोध हटेको थियो ।
तर प्रतिबद्धता कार्यान्वयन नभएकाले आजदेखि अवरोध गरेको धुनबेँसी नगरपालिका–१ का निराञ्जन सञ्जेलले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |