

काठमण्डौ । डिजेल र मट्टितेलको मुल्य घट्दा पेट्रोलको मुल्य बढेको छ ।नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो भने पेट्रोलको मूल्य बढाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा घटेर तथा पेट्रोलमा १ रुपैयाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।
मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जका लागि प्रतिलिटर १ सय ३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङका लागि १ सय ४१ रुपैयाँ र तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलका लागि १ सय ४२ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ६२ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ६३ रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाण्डौ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि यो खुद्रा बिक्री मूल्य लागू हुने जनाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |