

धादिङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ-२ का नेकपा एमाले उम्मेदवार धनबहादुर घलेले भूकम्पबाट विस्थापित समुदायसँग छलफल गर्नुभएको छ।
मतदाता भेटघाट कार्यक्रम अन्तर्गत उत्तरी धादिङबाट विस्थापित भई नीलकण्ठ नगरपालिका–१२, दामगाडेमा बसोबास गर्दै आएका समुदायसँग उहाँले छलफल गर्नुभएको हो ।
छलफलका क्रममा विस्थापित समुदायले घले विकासप्रेमी, अनुभवी र धादिङको प्रभावकारी प्रतिनिधित्व गर्न सक्षम उम्मेदवार भएको उल्लेख गर्दै उहाँलाई मतदान गर्ने प्रतिबद्धता जनाएका छन्।
समुदायका सदस्यहरूले २०७० सालमा संविधानसभा सदस्यका रूपमा संविधान लेखनजस्तो ऐतिहासिक जिम्मेवारी निर्वाह गरेकोमा घलेलाई धन्यवाद समेत व्यक्त गरेका छन्।
छलफलका क्रममा उम्मेदवार घलेले संविधानसभा सदस्यका रूपमा निर्वाचित गराएर महत्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा मतदाताप्रति आभार व्यक्त गर्नुभयो।
संविधानमार्फत दुर्गम तथा पिछडिएका बस्तीका नागरिकको हकअधिकार सुनिश्चित गर्ने दायित्व आफूले इमान्दारिताका साथ पूरा गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधानसभा सदस्य भएर संविधान लेख्ने जिम्मेवारी पाएको थिएँ, त्यो जिम्मेवारी पूरा गरेँ। तर उत्तरी धादिङका नागरिकहरूको आवश्यकता र चाहनाअनुसार अझै धेरै काम गर्न बाँकी छन्। नागरिकको अवस्था र व्यवस्था परिवर्तन गर्ने खालका नीति, नियम, कानुन तथा आवश्यक संविधान संशोधन गर्नुपर्छ।”
उत्तरी धादिङको दिगो विकास, खनिजजन्य स्रोतको उत्खननका लागि आवश्यक नीति तथा कानुन निर्माण र अधुरा विकास आयोजना पूरा गर्नकै लागि आफूले उम्मेदवारी दिएको घलेको भनाइ छ।
उहाँले मतदातालाई विश्वासका साथ मत दिएर जनसेवकका रूपमा काम गर्ने अवसर दिन आग्रह समेत गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |