

धादिङ- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकैसँगै उम्मेदवारहरू जनताको घरदैलोमा पुगेका छन् ।
अन्य दलहरूबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले तामझाम सहित मतदाता भेटघाट गरिरहँदा एमालेका उम्मेदवार धनबहादुर घलेले भने आचारसंहिताको पालना गर्दै मतदाता भेटघाट गरिरहनु भएको छ।
निर्वाचन कार्यालयले तोकेको निर्वाचन आचारसंहिता अनुसार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा बढीमा २५ जना मात्रै सहभागी हुन पाउँछन् ।
निर्वाचन आचारसंहिता पालना गर्दै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरिरहेको घलेले बताउनुभयो ।
उहाँले भन्नुभयो,- ‘हेर्दा थोरै देखिए पनि नागरिकका गुनासा माग तथा सवालहरूका विषयमा खुलेरै कुरा गर्न सकिन्छ । आज जिल्लाको सदरमुकाम धादिङबेसीका नागरिकहरूसँग घरदैलो कार्यक्रम मार्फत भेटघाट गरियो । नागरिकका लागि स्थीर सरकार, देशमै बसेर रोजगारी गर्न सक्ने वातावरण बनाउने, कानून बनाउन मतदाताहरुले आग्रह गरेका छन् ।’
मतदाताको सुझाव र गुनासोहरुको सम्बोधन गर्दै दिर्घकालिन विकास, समृद्धिको योजना र विकासमा योगदान गर्ने, विकासमा टेवा पुर्याउँदै निति बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने घलेले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |