

धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ।
चुनावी अभियानका क्रममा १३ लाख ८९ हजार १२ रुपैयाँ ४० पैसा खर्च भएको खर्च विवरणमा उल्लेख छ।
धमालाले सोमबार निर्वाचन कार्यालय धादिङमा खर्च विवरण पेश गर्नुभएको हो ।
विवरण अनुसार मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च गरिएको छ भने मतदाता नामावली व्यवस्थापनमा ३ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
मतदाता नामावली प्रिन्ट गर्न ४२ हजार ७२४ रुपैयाँ खर्च गरिएको उल्लेख छ।
त्यसैगरी प्रचारप्रसार, छपाइ तथा विज्ञापनतर्फ २ लाख ४५ हजार १३३ रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।
सवारी साधन प्रयोगमा १ लाख रुपैयाँ खर्च भएको छ भने इन्धनमा ४ लाख ९९ हजार ९६४ रुपैयाँ खर्च भएको जनाइएको छ।
यस्तै कार्यालय सञ्चालनमा ९० हजार, स्टेसनरी सामग्रीमा ४३ हजार ८०० रुपैयाँ र खाना, खाजा तथा पानी व्यवस्थापनमा ३ लाख ५४ हजार ३६० रुपैयाँ खर्च गरि कुल १३ लाख ८९ हजार १२ रुपैयाँ ४० पैसा पुगेको विवरण निर्वाचन कार्यालयमा बुझाइएको छ।
फागुन २१ गते भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठसंग पराजित हुनुभएको थियो ।
बिजयी बोधनारायण श्रेष्ठले २६ हजार ९४५ मत पाउँदस धमालाले २० हजार २७९ मत प्राप्त गर्नुभएको थियो। यस क्षेत्रमा २४ जना उम्मेदवार रहेका थिए ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |