

धादिङ । धादिङको खनियाबास गाउँपालिका-३ को ब्रिचेतमा ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कृषक समूह स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार भएको कार्यक्रममा वडा नं. ३ का ६ वटा कृषक समूहहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रतियोगितामा सहभागी समूहहरूमा भोक्टेगङ कृषि तथा पशुपालन कृषक समूह, हरियाली पशुपालन कृषक समूह, डाफे पशुपालन कृषक समूह, कुरी कृषि विकास पशुपालन समूह, ल्याक्चेकुण्ड कृषि तथा पशुपालन समूह र जागृती कृषि तथा पशुपालन समूह रहेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ल्याक्चेकुण्ड कृषि तथा पशुपालन समूह १७ अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्न सफल भएको थियो।
त्यसैगरी हरियाली पशुपालन कृषक समूह दोस्रो स्थान र कुरी कृषि विकास कृषक समूह तेस्रो स्थान प्राप्त गर्न सफल भए।
गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष कमान सिंह तामाङ तथा वडा सदस्य रोशनी तामाङको उपस्थिति रहेको थियो।
प्रतियोगितामा विजेता समूहहरूलाई प्रमुख अतिथि उपाध्यक्ष सेकेमान तामाङले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको प्रयास नेपालका जेसी एसोसिएट शर्मिला गुरुङले जानकारी दिनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |