

काठमाण्डौ । आजदेखि विक्रम संवत् २०८३ शुरू भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ । वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ ।
सबैभन्दा पुरानो संवतका रूपमा स्थापित विक्रम संवत् अन्तर्गत नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइँदै आइएको छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन अर्थात् मेष सङ्क्रान्ति पनि हो ।
सूर्यको गतिसँग आधारित भएकाले यो संवत् शाश्वत तथा वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ । हरेक व्यक्तिले गएको वर्षका सफलता–असफलताको मूल्याङ्कन गरी नयाँ सङ्कल्पसहित अघि बढ्ने चलन छ ।
बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजाआजा गर्ने र साथीसङ्गी तथा इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्ने परम्परा आज देशभर नै मनाइन्छ । भक्तपुरमा बिस्का जात्रा र तराईमा सहलेश फूल फूल्ने विशेषता पनि यही दिनसँग जोडिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |