

धादिङ,१६ असोज ।
पछिल्लो २४ घण्टामा धादिङका थप ३७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज २७ पुरुष र १० महिला गरी ३२ नयाँ बिरामी थपिएका छन् ।
योसँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ७५७ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ४३६ जना पुरुष र ३२१ महिला गरी कुल ७५७ जनामा संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा धेरै केश नीलकण्ठ नगरपालिकामा ४०३, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका २४, बेनिघाट रोराङका २०, सिद्धलेकका १४, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ३ जना र गंगाजमुनाका २ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । कुल संक्रमित मध्ये ८५ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो ।
धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एकमात्र उपाय हो ।
यसैबीच, धादिङमा कोरोना संक्रमितको संख्या शुन्य भएको छ।आज थप एक संक्रमित कोरोना संक्रमण मुक्त भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय धादिङले जनााएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |