Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१६ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१६ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१७ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१७ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१७ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१८ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

खुला साँढे जस्ता भारतीय ट्रक : जरिवाना तिर्दै नेपालभर पुग्दै

  • Default Profile
  • बागमती कलम
  • ४७७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २७, आईतबार (३ साल अघि)
खुला साँढे जस्ता भारतीय ट्रक : जरिवाना तिर्दै नेपालभर पुग्दै

नेपाली ट्रक व्यवसायीहरूको समस्या बारे सरकार जानकार हुँहुँदै पनि समस्या समाधानमा नलाग्दा करोडौ लगानीको यो पेशा व्यवसाय संकटमा परेको छ ।

सरकारको एक निर्णयले नै समस्या समाधान हुने भए पनि ट्रक यातायात व्यवसायीको मागमा सरकार गम्भीर नबन्दा समस्या आएको हो । आन्दोलन भएपछि नीतिगत तहले सम्झौता गर्ने तर कार्यान्वयनमा पहल नगर्दा व्यवसायीहरू पेशाबाटै पलायन हुने अवस्थामा छन् । नेपाली ट्रकहरू पार्किङ मै रहिरहने भारतीय ट्रकहरू निर्बाध देशभर चल्न थालेपछि सयौं नेपाली ट्रक व्यवसायी बैंकको किस्ता र ब्याज तिर्न समेत ऋण गर्न बाध्य भएका छन् ।

सरकारले २९ असार ०७९ मा समायोजनसहित लागु गरेको भाडादर कार्यान्वयनमा कडाइ नगरेको, ओभरलोड गाडीलाई सीमा विन्दुमा भारमिलान र भारतीय ट्रकलाई नेपालले प्रोत्साहन गरेकोले नेपाली ट्रक यातायात व्यवसयाी मारमा पर्दै गएका छन् ।

१८ भदौ ०७८ मा भएको मालबाहक सवारीसाधानको भारवहन नियमनसम्बन्धी बैठकमा मालबाहक सवारीसाधनको भारबहन नियमनसम्बन्धी निर्देशिका ०७४ बमोजिम भन्सार विन्दुमा भन्सार जाँचपास भै निस्कने मालबाहक सवारीसाधनहरू निर्देशिकामा उल्लेख भएबमोजिम सन्चालन गर्ने, भारबाहन क्षमताभन्दा बढी क्षमतामा ढुवानी गरेका सवारी साधानहरूको उद्गमस्थलमै तौल पुलमा भारबाहन क्षमता तौल गरी बढी पाइएमा पल्टी गरी ढुवानीको प्रबन्ध मिलाउने र भन्सार विन्दुबाट जाँचपास भै निस्केका सवारीसाधनको नजिकको तौल पुलमा तौल गरी बढी भारवाहन गरी ढुवानी गरेको पाइएमा सम्बन्धित ढुवानीकर्ताले सामानको पल्टी गरी नेपाली ढुवानीका साधनमा ढुवानीको प्रबन्ध मिलाउने भन्ने निर्णय भए पनि कार्यान्वयन भएको छैन ।

निर्णय कार्यान्यनका लागि हामी पश्चिमाञ्चल यातायात व्यवसायी र लुम्बिनी ट्रक व्यवसायी संघसँगको सहकार्यमा १ साउनदेखि बेलहिया बाइपासमा पार्किङ बनाए पनि प्रहरी र प्रशासनले कार्यान्वयन गराउनुको साटो ओभरलोडलाई निरन्तरता दिएको लुम्बिनी ट्रक व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले बताए ।

नेपालमा ३० टनभन्दा बढी क्षमताको कुनै पनि गाडी चलाउने व्यवस्था कानुनले गरेको छैन तर भन्सार विन्दुबाट नै ओभरटन भारवहन गाडी नेपाल प्रवेश गर्ने गरेको छ । लुम्बिनी ट्रक व्यवसायी संघका उपाध्यक्ष सुनिल विष्टका अनुसार देश आर्थिक संकटमा हुँदा पनि व्यवसायीहरू बैंकको मनपरि ब्याज तिर्न बाध्य छन् । तेल बढेको बढै छ, नवीकरण र कर समयामा नतिरे जरिवाना, ब्याज बढाउदै गएको छ । सरकार नै नभएको अनुभूति भएको भएको व्यवासायीहरूको अरोप छ ।

उनी भन्छन्, ‘भारतीय एउटा गाडीले तीन वटा गाडीको जति भार बोक्दा समेत प्रहरीले जरिवाना काटेर छोड्ने गरेको छ । ओभरलोडले सडक, पुल र पूर्वाधार ध्वस्त बनाउनुका साथै नेपाली ट्रक व्यवसायीको लगानी डुब्ने अवस्थामा हँुदा समेत राज्यबाट सहयोग भएको छैन ।’

उनका अनुसार हामी भारतीय गाडीसँग प्रतिस्पर्धा गर्न सक्दैनाँै । न्युन लागतमा भारतीय गाडीले नेपालभर निर्वाध रूपमा ओभरलोड ढुवानी गर्दा यातायात व्यवसायी बेरोजगार हुनु पर्ने अवस्था छ । ‘पटक पटक अनुरोध गर्दा समेत वास्ता नगरेपछि आन्दोलनमा पनि गयाँै । तर, सम्झौता हुन्छ कार्यान्वयन हुँदैन ।’ उपाध्यक्ष विष्टले भने ।

सस्तोमा सेवा दिए पनि उपभोक्ताले यसको फाइदा नपाएर दलाललाई कमाउने बाटो भएको व्यवसायीको भनाइ छ । ‘भाडा समायोजन कार्यान्वयनका लागि अवाज उठाउदै आएका छन् । सरकारले रोक्न खोजे र इच्छाशक्ति भए भन्सार विन्दुमा रोक्न सकिन्छ । भन्सारले राजश्व मात्रै संकलन गरेर देशको पूर्वाधारमा क्षति गरिरहेको छ ।’ पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले भने ।

जरिवानाको भरमा देशभरि नै निर्वाध चल्न पाएका ट्रकलाई सीमा विन्दु मै भारमिलान गर्नु पर्छ । सरकारले भारतीय ओभरलोड गाडीहरू ब्यवस्थापन गर्नु पर्ने हो तर निजी क्षेत्र लाग्दा पनि प्रशासनबाट असहयोग हुँदै आएको व्यवसायीहरूको भनाइ छ । उनले भने ‘हाम्रो अवस्था दयनीय भएको छ । साताभरी गाडी थन्काउनु परेको छ, लाखौ मूल्य लगानी गरेर राज्यलाई राजश्व बुझाउनुबाहेक विकल्प छैन ।’

भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमताभन्दा बढी सामान बोकेर नेपाल प्रवेश गर्दा नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन् भने सरकारले तोकिएको भाडादर नपाउँदा पेशा नै संकटमा परेको छ ।

भैरहवा भन्सार कार्यालयले भन्सार ऐन र आर्थिक ऐनले ओभरलोडबारे केही नभनेको कारण रोक्न नमिलेको बताउँदै आएको छ । भन्सार निकासी र पैठारीको राजश्वसँग सम्बन्धित छ, ओभरलोडको विषय भन्सारभन्दा पनि प्रहरी प्रशासनको रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को १०७ अनुसार ५ सयदेखि १५ सयसम्म जरिवाना काट्न मिल्ने व्यवस्था रहेको बताए । अहिले दुई हजार सम्मको अख्तियारी आएकोले सोअनुसार जरिवाना काटेर पठाउने गरेका छाैँ । २०७१ सालमा भौतिक पूर्वाधार मन्त्रालयमा भन्सार विन्दुमै भारमिलान गरी पठाउने निर्णय भएको थियो । भारमिलान गर्न नसकिने गाडीहरूको सन्दर्भमा यातायात व्यवस्था कार्यालयबाट अनुमति लिई तोकिएको शुल्क जरिवानाबापत तिरेर पठाउने व्यवस्था रहेको केसीले बताए । -रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १६ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १६ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १७ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १७ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १७ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १८ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution