कार्तिक शुक्ल चतुर्दशी अर्थात् वैकुण्ठ चतुर्दशी। चतुर्मास अन्त्य हुँदा गर्दाको यो पर्वलाई सनातन धर्मअन्तर्गत वैष्णवअनुयायीले विशेषरूपमा मनाउँछन्।
वैकुण्ठ चतुर्दशीमा भगवान् शिव र विष्णुबीच मेल हुने पुराणमा उल्लेख छ। यसैले यो दिनलाई हरि (विष्णु) र हर (शिव) एक हुने दिन भनिएको छ। यो दिन विशेषगरी भगवान् शिव र विष्णुको विधिपूर्वक पूजाआराधना गर्नाले मृत्युपछि वैकुण्ठलोक प्राप्त हुने बताइएको छ।
वैकुण्ठ चर्तुदशीकै अवसरमा विभिन्न तीर्थस्थलमा विशेष पूजा हुन्छ भने कतिपय स्थानमा मेला लाग्छ। काठमाडौं उपत्यकाका चारनारायणमा पनि हरिबोधिनी एकादशीदेखि मेला लागेको छ। मेला पूर्णिमाका दिन सकिन्छ। यो वर्ष चतुर्मास मंगलबार सकिँदैछ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |