प्रत्येक वर्षजस्तैं यस वर्षको कार्तिक पूर्णिमाका अवसरमा कमला नदी किनारमा भुतमेला लागेको छ । पहेँलो धोती र सारी लगाएका नयाँ सिकारू धामी झाँक्रीहरू हातमा अगुल्टोसहित माटोको ढकना (भाडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याउँदै कमलान नदी किनारमा भेला भएका छन् ।
सूर्योदयसँगै नदीको पवित्र जलमा डुबुल्की लगाएर नव धामी झाक्रीहरूले गुरुहरूसँग शपथ लिएका छन् । हिजो रातिबाटै नदी किनारमा भगता (देउता) खेल्नेहरूको घुँईचो लागेको थियो । देउता खेल्नेहरूसँग रातभरि प्रश्न सोध्ने र गीत गाउने गरिएकाे थियाे ।
‘पापकी क्षय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै इष्ट देवताहरूको नाम फालाक्दै धामीझाँक्रीहरू मिर्दङ (मादल), झ्याली, ढोलपिपही जस्ता बाजाको तालमा चर्को स्वरमा कराउँदै नदीमा सपथ ग्रहण गरेको झाक्री रामअवतार महतोले बताए ।
उनले सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितहरूको आजको दिन घुँईचो लाग्ने गरेको बताए । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कार्तिक पूर्णिमामा स्नान गर्ने चलन छ । कमला नदीमा आएर सपथ लिएपश्चात नव धामीझार्कीहरू पाको हुने झाक्री बिल्टु गादवले बताए ।
हरेक वर्ष कमला नदीमा स्नान गर्न सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत भारतका गाउँहरूबाट समेत सयौं सर्वसाधारण आउँछन् । यसबेला यहाँ मेला नै लाग्ने गर्छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |