आज पुस १५, आज घिउ/तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाने गरिन्छ । घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ । यसले शरीरमा ऊर्जासँगै ताप दिने जनविश्वास छ ।
आज सुदूरपश्चिम प्रदेशमा पनि घिउ/तेलमा बनाइएको विभिन्न परिकार खाएर पुस १५ मनाइँदै छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल र डोटेली खानाका मिठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ । कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फुर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ ।
पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको हो । आजको दिन वनभोज जाने चलन पनि छ । तर पछिल्लो समय यो चलन बिस्तारै हराउँदै गएको छ ।
पुस १५ गतेको रातलाई वर्षभरिकै सबैभन्दा लामो रात पनि मानिन्छ । पुस १५ गतेपछि दिन बिस्तारै लम्बिँदै जाने जनविश्वास छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |