

मेषः
-दिन सामान्य राम्रो छ । बोलीको प्रभावले काम पुरा गर्नुपर्ने छ । वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ । परिवारबाट सहयोग मिल्नेछ ।
वृषः
-दिन राम्रो छ । शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । पारिवारिक छलफल र सहमति गरेर काम गर्नुपर्ने देखिन्छ ।
मिथुनः
-कर्म गर्नुपर्ने ठाउँमा अल्छीपन त्याग्नुपर्ने छ । आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा भन्दा शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ ।
कर्कटः
-वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । आफन्तले असहयोग गर्नेछन् । आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । प्रेम सम्बन्ध र दाम्पत्य जीवन सफल हुनेछ । जसले गर्दा काम गर्न सजिलो हुन्छ ।
सिंहः
-आर्थिक कारोबारमा अवरोध देखिन्छ । सामाजिक सम्मान प्राप्त हुने योग रहेको छ । रोजगारमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ । विदेश यात्रा फलदायी हुन्छ । परिवारमा मनमुटाव हुनसक्छ ।
कन्याः
-परिवारबाट राम्रो सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा निर्णय गर्नुअघि सोच्नुपर्ने देखिन्छ । खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ ।
तुलाः
-दिन राम्रो छ । बोलीको प्रभावले सबै प्रभावित हुनेछन् । सुरक्षित राखेको धनको सदुपयोग हुनेछ । शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीमा राम्रो अवसर मिल्नसक्छ । दाम्पत्य र प्रेम जीवन सुमधुर बन्नेछ ।
वृश्चिकः
-आजको दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुने योग छ । पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । यसले काम गर्ने उत्साह बढ्नेछ।
धनुः
-आफ्नै बोलीले आफूलाई अप्ठेरोमा पार्ने देखिन्छ । स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्र सुदृढ रहेको छ । आफन्तले सहयोग नगर्ने देखिन्छ । प्रेम र दाम्पत्य सम्बन्धमा खटपटी हुनेछ ।
मकरः
-दिन राम्रो छ । चिट्ठा वा शेयरमा फाइदा हुनेछ । राम्रो संगतले जीवनमा उत्साह बढ्ने छ । प्रेममा सफलता मिल्नेछ ।
कुम्भः
-दिन सामान्य छ । ठुलो कारोबार नगर्नु राम्रो हुन्छ । आर्थिक क्षेत्रमा भने प्रगति हुनेछ । परिवारको सहयोग मिल्नेछ ।
मीनः
-आज तपाईंका चन्द्रमा दाइना छन् । आफ्नो प्रभावले अन्याय गर्नेहरु टाढै रहनेछन् । अन्यायका विरुद्ध बोल्नुभयो भने सन्तुष्टी मिल्नेछ । नयाँ बाटोको सुरुवात हुने योग छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |