

मेषः
-दिन राम्रो भए पनि ठुलो काममा हात नलगाउनु राम्रो हुन्छ। प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ। शिक्षा र व्यापार लगानीबाट सामान्य फाइदा हुनेछ।
वृषः
-तपाईंको आर्थिक उन्नतिको समय छ। हरेक क्षेत्रमा सुधारका संकेत भेटिने छन्। आफन्त अनुकुल रहे पनि पारिवारिक मनमुटाव रहने देखिन्छ। पारिवारिक छलफल र सहमति गरेर काम गर्नु राम्रो हुन्छ।
मिथुनः
– स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक काममा सम्मान प्राप्त हुनेछ। यसले काम गर्ने उत्साह बढ्नेछ। संघ संस्था र परिवार आफू अनुकुल रहनेछन्। गुरुको सुझाव अनुसार गरेका कामबाट लाभ प्राप्त हुनेछ।
कर्कटः
-दिन सामान्य राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। आर्थिक, सामाजिक र शिक्षाको क्षेत्र सबल भए पनि स्वास्थ्यमा समस्या हुनसक्छ। खानपान र भोजमा सहभागी हुँदा विशेष ख्याल गर्नुपर्ने देखिन्छ।
सिंहः
-नयाँ ठाउँको भ्रमणबाट मन प्रफुल्ल हुनेछ। नयाँ कुराको थालनी हुनेछ। व्यापार व्यवसाय र शिक्षामा प्रशंसा प्राप्त हुनेछ। पारिवारमा समस्या झेल्नुपर्ने हुनसक्छ।
कन्याः
-आर्थिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। आफ्नै परिवारमा सल्लाह गरेर अगाडि नबढेमा समस्या हुनसक्ने देखिन्छ।
तुलाः
– दिन राम्रो छ। आर्थिक क्षेत्रमा कुटुम्बको सहयोग लिनु राम्रो हुन्छ। एक्लै अगाडि बढेमा समस्याको सामना गर्नुपर्ने हुनसक्ने भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।
वृश्चिकः
-आजको दिन सामान्य राम्रो छ। प्रतिस्पर्धीसँग सचेत हुनु राम्रो हुन्छ। पारिवारमा फरक विचार राख्नेसँग समन्वय गरेर अगाडि बढ्नु फाइदाजनक हुन्छ।
धनुः
-दिन सामान्य राम्रो छ। आज बल भन्दा बुद्धि लगाएर काम गर्नु राम्रो हुन्छ। स्वास्थ्यमा समस्या देखिए पनि अन्य पक्ष सबल छन्। पारिवारिक सम्बन्धमा समस्या हुनसक्छ।
मकरः
– वैदेशिक क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। अन्य क्षेत्रमा लगानी गर्नु अगाडि सोच्नुपर्ने देखिन्छ। शिक्षा क्षेत्रमा मेहनतको आवश्यकता देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर हुनेछ।
कुम्भः
-आर्थिक क्षेत्रमा विवाद हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले मानसिक तनाव बढ्ने देखिन्छ। सहकार्य गर्ने शेयरधनीले तपाईंको धनमा आँखा लगाउन सक्छन्। परिवारबाट खुसी मिल्नेछ।
मीनः
-दिन राम्रो छ। आर्थिक र शिक्षा क्षेत्रमा राम्रो हुनेछ। स्वास्थ्य राम्रो छ। वैदेशिक क्षेत्रमा ठगहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |