

मेषः
-तपाईंको नाम, दाम र कामको सम्मान हुनेछ । मनमा उत्साह बढ्नेछ । आज वर र पिपलको दर्शन मात्र गरेमा परिवारको सम्बन्ध राम्रो हुनेछ ।
वृषः
-तपाईंका सबै क्षेत्र सबल भए पनि वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ । सफल बन्नका लागि आज आफूभन्दा ठुलाको सल्लाह अनुसार चल्नु राम्रो हुन्छ । दाम्पत्य जीवनमा विवादमा पर्ने देखिन्छ । तर्कबाट बच्नु राम्रो हुन्छ ।
मिथुनः
-शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । व्यापारमा फाइदा हुने देखिन्छ । वैदेशिक लगानी र यात्रामा भने झन्झट आइलाग्न सक्छ ।
कर्कटः
-दिन सामान्य छ । आर्थिक र शैक्षिक क्षेत्रमा अब्बल ठहरिन सक्नुहुन्छ । शत्रुसँग पराजित हुने योग रहेकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।
सिंहः
-कडा खालका विपक्षीको सामना गर्नुपर्ने हुनसक्छ । रोगबाट मुक्त हुने योग रहेको छ । प्रेम सम्बन्ध र परिवारमा सफलता मिल्नेछ ।
कन्याः
-दिन राम्रो छ । स्वास्थ्य, शिक्षा र सम्पत्तिमा राम्रो देखिन्छ । मान्यजनको सेवा नगर्दा असहयोग गर्नेछन् । राजनीतिक क्षेत्रमा खराबहरुले सताउने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।
तुलाः
-मानसिक उल्साह बढ्नेछ । गुमेको सम्पत्ति अचानक हात लाग्नेछ । समकक्षीले खुट्टा तान्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ । शिक्षाको लगानीबाट राम्रो नतिजा मिल्नेछ । दाजुभाइले सहयोग नगर्ने देखिन्छ ।
वृश्चिकः
-विपक्षीले तपाईंको उन्नतिमा डाहा गर्ने छन् । धनको घमण्ड नगर्नु राम्रो हुनेछ । अभिभावकको आर्शिवाद लिएर अगाडि बढेमा राम्रो हुनेछ । प्रेम र परिवारको सम्बन्ध राम्रो हुनेछ ।
धनुः
-दिन सामान्य राम्रो छ । आफ्नो बोली सम्हाल्नु आवश्यक छ । नसोची बोल्नु भएमा बोली नै गोली बन्ने खतरा हुन्छ । परीक्षा दिएको भए नतिजा राम्रो प्राप्त हुनेछ ।
मकरः
-खर्च बढ्ने देखिन्छ । आफूलाई सहयोग गर्नेहरु टाढा हुने योग रहेको छ । शिक्षा र सामाजिक क्षेत्रमा राम्रो भए पनि परिवारमा मनमुटाब बढ्नेछ ।
कुम्भः
-अनावश्यक खर्च बढ्नेछ । बोल्न नजान्दा समस्या हुनेछ । रोग बढ्ने भएकाले सचेत हुनु राम्रो हुन्छ । परिवारबाट सहयोग मिल्नेछ ।
मीनः
-दिन राम्रो नै छ । आर्थिक क्षेत्रमा उल्लेखनीय वृद्धि हुनेछ । चिट्ठा र शेयरमा फाइदा हुनेछ । शिक्षा क्षेत्रमा राम्रो नतिजा मिल्नेछ । वैवाहिक जीवन सुमधुर रहनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |