

मेष :
-बोलीको प्रशंसा हुनेछ। नयाँ कामको थालनी हुनेछ। व्यपारबाट आम्दानी हुनेछ। राजनीति क्षेत्रमा भने छट्टुको पञ्जामा पर्न सकिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
वृष :
-स्वदेशमा व्यापार व्यवसायको विकल्प देख्न सकिन्छ। आज दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन :
– दिन राम्रो छ। अचानक धन प्राप्त हुनेछ। आर्थिक र सामाजिक क्षेत्रको लगानी राम्रो हुनेछ। शुभ कार्यमा सहभागी हुने भएकाले दिन रमाइलो हुन्छ। परिवारमा भने अविश्वास हुनसक्छ।
कर्कट :
-आजको दैनिकी राम्रो छ। समाजले भने तपाईंमाथि प्रहार गर्न सक्ने देखिन्छ। परिवारमा विवाद नगर्नु राम्रो हुन्छ। विवादले आफन्त टाढिने जोखिम छ।
सिंह :
-दैनिकी राम्रो छ। तर्कमा हारेर कामबाट जित्नु राम्रो हुन्छ। धेरै नबोली काम गर्दा फाइदा हुने देखिन्छ। हरेक क्षेत्र सुदृढ रहे पनि परिवारबाट सहयोग प्राप्त नहुन सक्छ।
कन्या :
-आफूले आफूलाई चिन्ने प्रयास गर्नुपर्छ। आफ्नो मूल्यांकन गर्न सकियो भने सफलता मिल्नेछ। आफ्नो कमजोरी आफूलाई थाहा नभए अर्कैले फाइदा लिने देखिन्छ।
तुला :
-अचानक खर्च हुनसक्छ। सचेत भएर व्यवहार गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।
वृश्चिक :
-आजको दिन सामान्य छ। आफ्नो व्यवहारमा सुधार गर्नुपर्ने देखिन्छ। आर्थिक, सामाजिक र पारिवारिक झन्झट आइपर्ने देखिन्छ।
धनु :
-व्यापारबाट फाइदा हुनेछ। पुराना ग्राहकबाट फाइदा हुनेछ। दिन रमाइलो भएकाले परिवारको साथ मिल्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर :
– खर्च कम गर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। परोपकारमा मन जाने हुनसक्छ। खराब साथीसँग सचेत हुन राम्रो हुन्छ। परिवारभित्र खटपटी हुनसक्छ।
कुम्भ :
-दिन सामान्य छ। हरेक क्षेत्रमा खुट्टा तान्ने र कुरा काट्ने साथी हुनसक्छन्। वैदेशिक क्षेत्रमा लगानी गरेको सम्पत्तिको राम्रो प्रतिफल मिल्नेछ। परिवारमा मन मुटाव हुनसक्छ।
मीन :
-हरेक क्षेत्र सबल छन्। आफूले हिम्मत गरेमा काम बन्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्ने देखिन्छ। प्रेममा सफलता प्राप्त हुनसक्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |