मेष :
-उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा सफलता मिल्नेछ। लगानी गर्ने भए शिक्षाको क्षेत्रबाट फाइदा हुनेछ। परिवारबाट सुख प्राप्त हुने योग छ।
वृष :
-हरेक क्षेत्र अब्बल देखिन्छन्। सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो परिणाम प्राप्त हुनेछ। राजनीतिमा फाइदा हुनेछ।
मिथुन :
-दिन राम्रो छ। राम्रा कामको प्रशंसा हुनेछ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा देखिएको समस्याको समाधान हुनेछ। राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परेवालाई चारो प्रदान गर्नु तपाईंका लागि राम्रो हुन्छ।
कर्कट :
-भाग्योदय हुने योग छ। पारिवारिक सम्बन्ध राम्रो छ। प्रतिस्पर्धी सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्छ। दाजुभाइबाट सहयोग प्राप्त नहुने भएकाले आफू बचेर काम गर्नु राम्रो हुन्छ।
सिंह :
-दैनिकी सामान्य छ। आफ्नै मित्रले खुट्टा तान्ने काम गर्नेछन्। बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। सबैले माया गर्छन् भनेर विश्वास गरेका धोखा हुनसक्छ। पारिवारिक व्यवहार भने राम्रो बन्नेछ।
कन्या :
-दिन सामान्य छ। चन्द्रमा दाइना भएकाले हात हालेको क्षेत्रमा सफलता मिल्नेछ। मन भने खुशी नहुने देखिन्छ। परिवारबाट असहयोग हुने भएकाले सचेत भएर व्यवहार गर्नु राम्रो हुन्छ।
तुला :
-दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। परिवारले शंका गर्ने देखिन्छ। आफन्तले असहयोग गर्ने देखिन्छ। साथीभाइबाट प्रशंसा भए पनि आफन्तले कुरा काट्न सक्छन्।
वृश्चिक :
-आजको दिन सामान्य छ। अचानक पेट सम्बन्धी खटपट बढ्ने योग छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। वर र पिपलको दर्शन गरेमा फाइदा हुनेछ।
धनु :
-दिन राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्र अब्बल रहेको छ। वैदेशिक क्षेत्रमा ठगबाट जोगिनु राम्रो हुन्छ। परिवारिक सम्बन्धमा उतारचढाव आउने देखिन्छ।
मकर :
-सञ्चित धन खर्च हुने देखिन्छ। आजको दिन व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ। आजको दिनमा वैदेशिक क्षेत्रमा गरेको लगानीबाट भने फाइदा हुनेछ।
कुम्भ :
-दिन सामान्य छ। हरेक क्षेत्रमा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। पन्छीलाई चारो, गाईको पूजा र हनुमानको नाम लिएमा धेरै समस्याको समाधान हुने देखिन्छ।
मीन :
-दिन राम्रो छ। राम्रो कामको थालनी गर्दा हुन्छ। ठूलो कामका लागि आँट गर्नु राम्रो हुन्छ। विशिष्ट व्यक्तिसँगको संगतले उत्साह बढ्नेछ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |