

मेष :
-दिन सामान्य राम्रो छ। गुरुसँग वादविवाद हुनसक्छ। राम्रो कामको थालनी हुने दिन छ। इष्टमित्रले सहयोग गर्ने देखिन्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ।
वृष :
– समय राम्रो छ। नयाँनयाँ ठाउँमा यात्रा हुने योग छ। व्यापारमा ठगबाट सचेत हुनुपर्छ। आम्दानी र खर्च बराबर भए पनि परिवारको साथ पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नसक्छ।
मिथुन :
-तपाईंका लागि आजको दिन राम्रो छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा सफलता हात पर्ने छ। चिट्ठा र शेयरमा लगानी गरेको भए फाइदा हुन्छ। परिवारमा धेरै बहस नगर्नु राम्रो हुन्छ। तर्कका कारण विवाद हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ।
कर्कट :
– दिन सामान्य छ। सहयोग गर्ने भन्दा कुरा काट्ने साथी सक्रिय हुन्छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध राम्रो हुनेछ।
सिंह :
-दिन राम्रो छ। साथीभाइसँगको सम्बन्ध राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा विवाद हुने योग छ। परिवारमा भने खटपटी हुनसक्छ। सोचेर बोल्नु राम्रो हुन्छ।
कन्या :
– दिन सामान्य छ। शनिदेवको छाया परेकाले शिवको ध्यान गर्नु राम्रो हुन्छ। पुराना समस्याको समाधान हुने योग रहेको छ। जस्तोसुकै परिस्थितिमा पनि परिवारको सहयोग रहनेछ।
तुला :
– दिन त्यत्ति राम्रो छैन। जुनसुकै काम गर्न खोजे पनि बाधा आइपर्ने देखिन्छ । सत्यको विजयी हुने भएकाले तपाईंको जित निश्चित छ। आफ्नै कारण परिवारमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ।
वृश्चिक :
-आफ्नै बोलीका कारण मित्रहरु टाढिने खतरा हुनसक्छ। थोरै तर अर्थपूर्ण बोल्नु राम्रो हुन्छ। परिवारबाट असहयोग हुने योग रहेकाले सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्धमा खटपटी आउनसक्छ।
धनु :
-दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। परोपकारको कार्य गर्दा प्रशंसा प्राप्त हुन्छ। समय राम्रो भएकाले आँटेको काम गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्ने देखिन्छ।
मकर :
-दिन राम्रो छ। सबै पक्ष सबल छन्। वैदेशिक क्षेत्रको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ। परिवारबाट धोका हुने योग रहेकाले घरभित्र व्यवहार गर्दा सचेत हुनुपर्छ।
कुम्भ :
– बोलीकै कारण आलोचना हुनसक्छ। गल्ती गरेर माफी माग्नुभन्दा सोचेर काम गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ। प्रेममा भने सफलता आइलाग्न सक्छ।
मीन :
-ठुलो काममा सहभागी नहुनु राम्रो हुन्छ। हरेक क्षेत्र कमजोर भए पनि परिवारको साथ मिल्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथले उत्साह मिल्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |