मेष :
-आर्थिक र सामाजिक क्षेत्र सामान्य छन्। स्वदेशमा समस्या भए पनि वैदेशिक क्षेत्रमा भएको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।
वृष :
-योजना अनुसार परिणाम प्राप्त हुन्छ। मनमा खुशी मिल्नेछ। स्वास्थ्यमा समस्या हुने योग देखिएकाले खानपानमा सचेत हुनु राम्रो हुन्छ। परिवारबाट खुशी प्राप्त हुनेछ।
मिथुन :
-दिन राम्रो छ। धेरै साथीमध्ये तपाईंले उत्कृष्ट नतिजा प्राप्त गर्नुहुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। परिवारमा खटपटी हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।
कर्कट :
-बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धी सँगसँगै भएकाले विवेक प्रयोग गर्नुपर्छ। सानो विषय भनेर लापरवाही नगर्दा घाटा हुनसक्छ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।
सिंह :
-दिन सामान्य छ। व्यापारमा फाइदा हुनेछ। खाने समयमा रिस उठ्नाले घाटा हुनसक्छ। वैदेशिक क्षेत्रमा उन्नति हुनेछ। स्वास्थ्यको ख्याल गर्नु नै उत्तम हुन्छ।
कन्या :
-हातमा चन्द्रमा छन्। दान गरेमा मान बढ्नेछ। साथीसँग बोल्दा नम्र बन्नु राम्रो हुन्छ। पारिवारिक, वैदेशिक र राष्ट्र सेवाको क्षेत्रमा प्रगति हुनेछ।
तुला :
-दिन सामान्य छ। सानो गल्तीको ठुलो आरोप र विरोध हुने योग रहेको छ। तपाईं हरेक क्षेत्रमध्ये स्वास्थ्य क्षेत्र राम्रो छ। विदेश यात्रा हुनसक्छ। परिवारको सहयोग लिएर अगाडि बढ्नु राम्रो हुन्छ।
वृश्चिक :
-समय सामान्य छ। हिजो सहयोग गर्नेहरु टाढा हुनेछन्। सञ्चित धन खर्च हुने योग रहेको छ। स्वास्थ्य र शिक्षामा अब्बल हुनेछ। पारिवारिक सम्बन्धमा धोका सहनुपर्ने बाध्यता रहेको देखिन्छ।
धनु :
-आजको दैनिकी सामान्य छ। शिक्षाको क्षेत्रमा अवरोध हुनसक्छ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। स्वास्थ्य अवस्था राम्रो छ। सोचेको भन्दा परिवारको विचार फरक हुने भएकाले वादविवाद हुनसक्छ।
मकर :
-दिन राम्रो छ। तपाईंले आलस्य त्याग्नु राम्रो हुन्छ। राष्ट्र सेवामा नाम कमाए पनि परिवारको कलहले सताउने छ। आफन्त टाढिनसक्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ।
कुम्भ :
-दिन सामान्य छ। आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। पिपलको पूजा गर्नु राम्रो हुन्छ।
मीन :
-पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा तपाईंको लगानी भए आम्दानी बढ्नेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |