

मेष :
-दिन राम्रो छ। राजनीतिक र सामाजिक क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रमा उन्नती हुनेछ। ठुलो कामको सुरुवात गर्ने दिन छ। मनमा शान्ति र उत्साह बढ्नेछ। परिवारको साथ मिल्नेछ।
वृष :
-दैनिकी सामान्य राम्रो छ। आफैले गरेको कामबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारले भने निगरानी गर्ने योग रहेको छ।
मिथुन :
-दिन राम्रो छ। स्वास्थ्यमा लाभ, शिक्षामा प्रगति र आर्थिक क्षेत्रमा नाफा हुनेछ। स्वदेशमै लगानीका विकल्प खुल्नेछन्। खानपानमा ख्याल नगरेमा रोगले सताउने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कर्कट :
-दिन राम्रो छ। गुरुको साथ र सहयोग राम्रो रहनेछ। आम्दानी राम्रो हुनेछ। समाजले झुटो आरोप लगाउने खतरा छ। परिवारको विश्वास जित्न नसक्दा संकट आइपर्ने देखिन्छ।
सिंह :
-आर्थिक क्षेत्र सबल छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको विश्वास प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ।
कन्या :
-दिन राम्रो छ। समाज सेवाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा मानसम्मान मिल्नेछ। स्वास्थ्य र शिक्षामा भएको लगानीबाट राम्रो फाइदा मिल्नेछ। वैदेशिक क्षेत्रमा भने ठग सक्रिय रहेकाले व्यवहार गर्दा सचेत हुनुपर्छ। परिवारको साथ मिल्नेछ।
तुला :
-दिन राम्रो छ। अचानक शुभ समाचार सुनेर हर्षित बन्ने योग छ। धार्मिक क्षेत्रको घुमघाम हुनेछ। शिक्षाको क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।
वृश्चिक :
-समय सामान्य छ। आर्थिक क्षेत्र विवादित बन्नेछ। झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। पारिवारिक सहयोग मिल्नेछ।
धनु :
-दैनिकी राम्रो छ। तपाईंको रोजाइमा पर्ने कार्यक्षेत्र सबल छन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर :
-समय सामान्य राम्रो छ। तपाईंले गरेको राम्रो कामको जस अरुले लिनेछन्। झुटो आरोप लाग्ने देखिन्छ। त्रास देखाएर लुट्न खोज्नेहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ। गुरुबाट साथ र सहयोग प्राप्त हुनेछ।
कुम्भ :
-समय सामान्य छ। राम्रो कामको नतिजा फरक आउन सक्छ। झुटो आरोप लगाएर लुट्न खोज्नेहरु सक्रिय छन्। आफूभन्दा ठुला मानिसले आदर गर्नेछन्। परिवारबाट भने साथ मिल्ने योग रहेको छ।
मीन :
-दिन सामान्य राम्रो छ। अचानक सञ्चित धन खर्च हुनेछ। साथीबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |