

मेष :
-आजको समय राम्रो छ। शेयरमा फाइदा हुनेछ। चिट्ठा पर्ने योग छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ।
वृष :
-दिन राम्रो छ। लगानी गरेको क्षेत्रमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा रमाइलो भेटघाट र छलफल हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत भएर काम गर्नुपर्ने दिन छ।
मिथुन :
-दैनिकी राम्रो छ। हराएको सामान भेट्न सकिन्छ। माया मारेको धन हात लाग्ने दिन छ। सुरुवात गरेका काम नियमसंगत भए सफलता मिल्नेछ। परिवारका बौद्धिक सदस्यसँग मिलेर काम गर्नु राम्रो हुन्छ।
कर्कट :
-दिन सामान्य छ। पुरानो रोगको प्रकोप बढ्ने जोखिम छ। खानपानमा ख्याल गर्नुपर्ला। आफन्तबाट अपमानित हुने योग छ। गुरुको माया पाउने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।
सिंह :
-दैनिकी राम्रो छ। प्रगति गर्ने समय आएको छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले मन खुशी हुनेछ। परिवारमा भने पर्ख र हेरको अवस्था बन्नसक्छ।
कन्या :
-समय राम्रो छ। श्रम गरेको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनसक्छ। परिवारसँगको सम्बन्धले उत्साह थप्नेछ। प्रेम सम्बन्ध रोमान्टिक बन्नेछ।
तुला :
-दिन राम्रो छ। स्वास्थमा लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ। सामाजिक क्षेत्रमा विरोध गर्नेहरु सक्रिय भएकाले सचेत भएर काम गर्नु राम्रो हुन्छ।
वृश्चिक :
-समय राम्रो छ। लगानीका क्षेत्र सबल छन्। जुनसुकै क्षेत्रमा हात हाले पनि काम बन्नेछ। ठूलो काममा हात लगाउन हिम्मत गरेको राम्रो हुन्छ। सामाजिक काम गर्दा सचेत बन्नुपर्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु :
-आर्थिक अवस्था सबल बन्नेछ। लगानीको क्षेत्रमध्ये शिक्षामा फाइदा हुनेछ। बोलीमा मधुरता भएकाले नबोल्दा हुने ठाउँमा बोल्न बाध्य पार्ने दिन छ। परिवारको साथ र माया मिल्नेछ।
मकर :
-समय सामान्य छ। रिसले नबोल्दा हुने ठाउँमा बोल्न बाध्य हुनुपर्ने हुनसक्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ। सञ्चित धनको खर्च हुने योग छ। आज ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ।
कुम्भ :
-तपाईंलाई सबैले शंकाको दृष्टिले हेर्ने छन्। बोलीमा नम्रता आवश्यक छ। अरुको सेवा गर्ने मौका मिल्नसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मीन :
-दैनिकी राम्रो छ। आर्थिक क्षेत्रमा उन्नति र प्रगति हुनेछ। बोल्दा एक पटक सोच्नु राम्रो हुन्छ। सामाजिक सेवा गर्ने मौका मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनसक्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |