

मेष :
–समय राम्रो छ। मनमा उत्साह बढ्नेछ। श्रमको सम्मान हुनेछ। वैदेशिक क्षेत्रमा राम्रो आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृष :
–बोलीको प्रभावले काम बन्नेछ। आफ्नो लागि भन्दा अरुलाई समय दिनुपर्ने देखिन्छ। खानपानमा लापरवाही गर्नाले स्वास्थ्य समस्या देखिनसक्छ। सामाज सेवको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन :
– दिन राम्रो छ। लगानीको उचित मूल्यांकन हुनेछ। श्रमको सम्मान हुने दिन छ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुने देखिन्छ। परिवारको साथ मिल्नेछ। कुनै काम गर्नु अगाडि परिवारको सहमतिमा अगाडि बढ्नु राम्रो हुन्छ।
कर्कट :
– शनीले छोएको छ। मान्यजनको सेवा गर्नु फाइदाजनक हुनेछ। लगानीका क्षेत्रमा विवाद हुने जोखिम देखिन्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। अधिकारका लागि प्रतिवाद गर्नुपर्ने दिन छ। गलत व्याख्या हुने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।
सिंह :
–समय रमाइलो छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। लगानीमा फाइदा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या :
–दिन रमाइलो छ। सबैतिर तपाईंको प्रशंसा हुनेछ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। लगानी गरेको भए शिक्षामा ठुलो प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा तपाईंले जस पाउने दिन छ। समाज सेवा गर्नुभएमा धेरैले तपाईंलाई सम्मान गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला :
–राम्रो छ। श्रमको मूल्यांकन हुनेछ। शिक्षामा गरेको श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। परोपकारमा समय जाने दिन छ। सामाजिक क्षेत्रमा रुचि बढ्ने देखिन्छ। परिवारको सहयोग रहनेछ।
वृश्चिक :
–संघर्ष गरेर अगाडि बढ्नुपर्ने दिन छ। एकपछि अर्को काम गर्ने अवसर प्राप्त भइरहेको हुन्छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम देखिन्छ।
धनु :
– समय राम्रो छ। आफन्तबाट सहयोग मिल्नेछ। लामो समय रोकिएका अधुरा काम बन्नेछन्। व्यापारमा उन्नति मिल्नेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर :
–बन्धुको साथ मिल्नेछ। साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारभित्र शंका बढ्ने जोखिम देखिन्छ।
कुम्भ :
–दिन सामान्य छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। मन आशान्त हुनेछ। तनाव बढ्ने देखिन्छ। शनि सकारात्मक भए सबै कुरा राम्रो हुनसक्छ।
मीन :
–तपाईंले गरेको श्रमको फाइदा अरुले लिने देखिन्छ। साथीबाट सचेत हुनुपर्ने दिन छ। न्यायपूर्वक गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |