

छठ समारोह समितिले छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन पुनः माग गरेको छ ।
काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरेर समितिले छठ पर्व मनाउनका लागि आइतबार र सोमबार दुई दिन रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकासँग पुनः माग गरेको हो ।
छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरमा दिएको निवेदनको सुनुवाइ नभएपछि समितिले पत्रकार सम्मेलन गरेर महानगरसँग आग्रह गर्नुपरेको समिति अध्यक्ष मदन साहले जानकारी दिए ।
रानीपोखरी आसपासमा बस्नेहरु व्रतालुका लागि सहज हुने भएकाले काठमाडौं महानगरसँग आग्रह गरेको साहले बताए ।
भोलि आइतबार जलाशयमा शरीरको आधा भाग डुबाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएर छठ पर्व सकिनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |