

धादिङ,१८ चैत ।
नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते धादिङको रुवी भ्याली गाउँपालिका स्थित सेर्तुङ आउनुहुने भएको छ ।
एमालेले धादिङसहित देशैभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ पार्टी सुदृढीकरण तथा विस्तार अभियान अन्तर्गत एमाले रुवी भ्याली गाउँपालिका कमिटीको आयोजनामा सेर्तुङमा हुने बृहत सांस्कृतिक सहितको जनसभालाई सम्बोधन गर्न २६ गते ओलि आउन लाग्नु भएको हो। शनिबार नेकपा एमाले धादिङले पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमबारे जानकारी गराएको हो ।

ओलिले उक्त सभालाई सम्बोधन गर्नुको सथै रुवी भ्यालीको पाङसाङ पास घुम्ने कार्यक्रम रहेको एमाले धादिङका जिल्ला अध्यक्ष भुमि त्रिपाठीले जानकारी दिनुभयो ।
केपी ओलीको भ्रमणपछी रुवी भ्यालीको बारेमा आज भन्दा भोलि थप चर्चा पाउने त्रिपाठीले बताउनुभयो । उहाँले रुवी भ्यालीमा मनमोहक प्राकृतिक दृश्य, जडिबुटी, बहुमुल्य खनिज, दक्षिण एसियाकै उत्कृष्ट सुटिङ स्पट लगाएतका स्थलहरु रहेकाले पर्यटन प्रवद्धनमा ओलिको भ्रमण फलदायी रहने बताउनुभयो । कार्यक्रममा झाँकी सहित स्थानीय कला संस्कृति पनि प्रदर्शन गरिने त्रिपाठीले बताउनुभयो ।
रुवीभ्यालीमा विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी पाइन्छ । रसुवा ,गोरखा चीन तिब्बतसँग जोडिएको पाविल हिमाल, गाणेश हिमालको काखमा रहेको रुवीभ्याली गाउँपालिकामा मनोरंम हिमदृश्य,हिमालय पर्वतबाट उत्पति भई अविरल बग्ने आंखु खोलाको सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु, माने डाँडा, नाग पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुन्द, मेल्बु दरबार ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थलको रुपमा परिचित छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |