

धादिङ । खुल्ला व्याडमिन्टन प्रतियोगितामा धादिङका राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरी प्रथम भएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले आयोजना गरेको खुल्ला व्याडमिन्टन प्रतियोगितामा ठकुरी दाजुभाइले ललितपुरलाई हराउदै प्रथम स्थान हासिल गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपाल धादिङको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका ठकुरी दाजुभाइले नगद २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, प्रतियोगितामा कमल लामा, गोविन्द थापा दोस्रो, रोसोर्ड सुवाल, संयोग बस्नेत र विश्वराज आले, राकेश डंगोल तृतीय भएका छ्न् ।
खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीका संयोजक हरिशरण जम्कट्टेलले बताउनुभयो ।
बिगतका दिनहरुमा पनि खेलकुद लगायत विभिन्न कार्यक्रम गर्दै आएको संघले यस वर्ष ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको उहाँको भनाई छ ।
त्यस्तै, धादिङका राम लक्ष्मणको जितले धादिङको नाम उचो बनाएको राष्ट्रिय युवा संघ नेपाल धादिङका संयोजक किरण पाठकले बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल धादिङ हरेक क्षेत्रमा अब्बल रहेको यो एउटा दरिलो उदाहरण बनेको पनि उहाँले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |