

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकठेरीमा आफ्नै छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार थापाकठेरीका ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेका हुन् ।
यमबहादुर कंडेललाई आइतबार राति ९ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको प्रहरी उपरिक्षक रिजालले जानकारी दिनुभयो ।
प्रहरी घटनास्थल पुग्दा यमबहादुर आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएका थिए ।
हतियार बोकेर बाहिर हिँडिरहेको यमबहादुर पछि घरभित्र छिरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो ।
आफ्नै आमालाई किन त्यसरी हत्या गर्यो भन्ने कारण खुल्न सकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक रिजालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |