

धादिङ । धादिङको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोध नारायण श्रेष्ठ विजयी हुनुभएको छ।
उहाँले २६ हजार १ सय ४५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका रमेश धमलाले २० हजार २ सय ७९ मत प्राप्त गर्नुभएको छ।
यस्तै नेकपा एमालेका धन बहादुर घलेले १० हजार ८४, नेपाली कम्यूनिष्ट पार्टीका राम बहादुर भण्डारीले ९ हजार ३६ मत प्राप्त गर्नुभएको छ।
एमाले र कांग्रेसकै गढ मानिने धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार श्रेष्ठ ५ हजार ८ सय ६६ मतान्तरले विजयी हुनुभएको हो ।
धादिङ क्षेत्र नम्बर २ मा रुवीभ्याली गाउँपालिका, गङ्गाजमुना गाउँपालिका, खनियाँबास गाउँपालिका, नेत्रावती डवजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिका रहेका छन् ।
यस निर्वाचन क्षेत्रमा २०७० मा नेकपा एमालेका धनबहादुर घले, २०७४ मा खेम प्रसाद लोहनी र २०७९ मा नेपाली कांग्रेसका रामनाथ अधिकारीले जित निकालेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |