Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१६ मिनेट अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१२ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१२ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१३ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१४ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

प्रतिनिधि सभा उम्मेदवारले बुझाउन थाले निर्वाचन खर्च : धादिङका आशिकाको १६ र बोध नारायणको २६ लाख

  • बागमती कलम
  • १४३ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ चैत्र ३, मंगलबार (२ महिना अघि)
प्रतिनिधि सभा उम्मेदवारले बुझाउन थाले निर्वाचन खर्च : धादिङका आशिकाको १६ र बोध नारायणको २६ लाख

धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ ।

निर्वाचनमा पारदर्शिता कायम गर्न आयोगले तोकेको आचारसंहिता र कानुनी व्यवस्थाअनुसार उम्मेदवारहरूले धमाधम विवरण पेस गर्न थालेका हुन् ।

यसै क्रममा धादिङ क्षेत्र नम्बर १ र २ को रास्वपाका उम्मेदवारहरु आशिका तामाङ र बोध नारायण श्रेष्ठले पनि आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।

धादिङ क्षेत्र नम्बर १ को आशिका तामाङले आफ्नो चुनावी अभियानका क्रममा कुल १६ लाख २९ हजार ४९५ रुपैयाँ खर्च गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङमा पेश गरेका छन्।

जसअनुसार मनोनयन दर्ता शुल्कमा ५ हजार रुपैयाँ, प्रचार–प्रसार सामग्रीमा ८ लाख ४६ हजार रुपैयाँ, छपाइ तथा मतदाता सम्बन्धी सामग्रीमा २ लाख ८५ हजार १३० रुपैयाँ खर्च गरिएको छ।

त्यस्तै खाना तथा खाजा खर्चमा १ लाख २३ हजार ११५, गाडी तथा इन्धन खर्चमा ३ लाख ४७ हजार २५० र स्टाम्प तथा स्टेशनरी खर्चमा २३ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

त्यसैगरी धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार बोध नारायण श्रेष्ठले आफ्नो चुनावी अभियानका क्रममा कुल २६ लाख ३० हजार ३८३ रुपैयाँ खर्च गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङमा पेश गर्नुभएको छ ।

प्रस्तुत विवरणअनुसार सबैभन्दा बढी इन्धन तथा सवारी भाडामा रकम खर्च गरिएको छ, जसमा करिब ७ लाख २४ हजार १८० रुपैयाँ खर्च भएको उल्लेख छ।

त्यसैगरी प्रचार-प्रसार तथा विज्ञापनतर्फ ४ लाख ५५ हजार ९०९ रुपैयाँ खर्च गरिएको देखिन्छ।

अन्य शीर्षकअन्तर्गत खाना, खाजा तथा पानीमा करिब ४ लाख ३१ हजार १९७ रुपैयाँ, सञ्चार तथा सामाजिक सञ्जालमा २ लाख ५५ हजार १२२ रुपैयाँ, र छपाइ स्टेसनरीमा २ लाख ७ हजार ७७५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

यस्तै, पालिका तथा वडा तहमा कार्यालय व्यवस्थापनमा करिब ४ लाख ७० हजार रुपैयाँ, मतदाता नामावली प्रिन्टमा करिब ७३ हजार २०० रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ, तथा मनोनयन दर्ता शुल्कबापत १० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

यसअघि धादिङ-२ मा उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । चुनावी अभियानका क्रममा धमलाले १३ लाख ८९ हजार १२ रुपैयाँ ४० पैसा खर्च भएको निर्वाचन कार्यालय धादिङमा खर्च विवरण पेश गर्नुभएको थियो ।

फागुन २१ गते भएको निर्वाचनमा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङ ३९ हजार १२८ मतसहित विजयी हुनुभएको थियो भने क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठले २६ हजार ९४५ मतसहित विजयी हुनुभएको थियो ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारका क्रममा भएको आम्दानी तथा खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

यस्तै, निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) बमोजिम खर्चको विवरण सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

तोकिएको समयभित्र खर्च विवरण नबुझाउने वा सार्वजनिक नगर्ने उम्मेदवारलाई कानुनबमोजिम कारबाही हुने भएपछि उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत समेत विवरण सार्वजनिक गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १६ मिनेट अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १२ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १२ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १३ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १४ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution