भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ ।
नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भटराइले बताए । विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने उहाँले बताए। समथर भूभागबाट ग्रहण देख्न कठिन हुने सोसाइटीले जनाएको छ ।
कतिपयले सूर्यग्रहणका कारण लक्ष्मी पूजा आजका लागि सरेको बताएपनि त्यो सत्य नभएको नेपाल पंचाङ्ग निर्णायक समितिका सदस्य देवमणी भट्टराईले बताए ।
तिहारमा औंसीको घडीमा प्रदोष समय भेटिएको बेला लक्ष्मी पूजा मनाउने शास्त्रीय मान्यता अनुसार आजै लक्ष्मी पूजा मनाउन लागिएको उनले बताए ।
यस वर्ष चतुर्दशी सकिएर औंसीको घडी कुकुर तिहारको दिन अर्थात् आज परेकोले लक्ष्मी पूजा पनि आजै गर्न लागिएको हो ।
धार्मिक मान्यता अनुसार ग्रहण लागेको बेला खान नहुने धारणा रहेपनि विज्ञान अनुसार ग्रहणका बेला खाना खाँदा कुनै असर नगर्ने विज्ञहरु बताउँछन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |