Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

९ घण्टा अघि
२

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

९ घण्टा अघि
३

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

९ घण्टा अघि
४

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१0 घण्टा अघि
५

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१0 घण्टा अघि
६

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१0 घण्टा अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
९

पेट्रोलियम पदार्थको मूल्य यथावत

२ दिन अघि
१०

अवैध सिसौको काठसहित दुई जना पक्राउ

२ दिन अघि
११

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

४ दिन अघि
१२

सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट (पूर्णपाठ)

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

१ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

बडिमालिकाको झल्को दिने नलाङको पोखरी डाँडा

  • Default Profile
  • बागमती कलम
  • १२२१ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ अषाढ १८, मंगलबार (१ साल अघि)
बडिमालिकाको झल्को दिने नलाङको पोखरी डाँडा

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं.१ नलाङमा रहेको पोखरी डाँडाले आन्तरिक पर्यटकमाझ परिचय साट्ने सम्भावना देखिएको छ ।

जिल्ला सदरमुकाम धादिङवेशीदेखि एकाध घण्टाको दुरीमा मात्रै रहेको यस क्षेत्रले ऐतिहासिक, जैविक एवं वातावरणीय विविधतामार्फत पालिकाको पर्यटनको उज्यालो भविष्यको सङ्केत त गरेको छ, तर त्यसअनुरुपका पर्यटकीय गुरुयोजनाहरू देख्न भने पाइँदैन ।

साबिकको नलाङ गाविसको केन्द्रबिन्दु मानिएको ठाँटी बजारदेखि करिब ५ मिनेटको दूरीमा रहेको यस पोखरीडाँडाले ‘पहाडी क्षेत्रमा भेट्न मुस्किल खर्कको प्रत्याभूति त गराउँद नै, यहाँको स्वच्छ वातावरण र चराको चिरबिरले शरीरमा  ऊर्जा, स्फूर्ति र ताजगी प्रवाहित गराउँदछ । यद्यपि, पालिकाकै पर्यटन हटस्पट बनेको सिद्धलेक-ढेवा डाँडाको प्रवेश बिन्दुको रूपमा रहेको एउटा अत्यन्त सौन्दर्यशाली प्राकृतिक रत्नागर्भा चर्चा-परिचर्चादेखि पर रहनु दुःखद छ ।

ऐतिहासिक महत्त्व बोकेको बलदेवी माईको मन्दिर नजिकै रहेको यस स्थानमा नलाङ, सलाङ, मैधी, ढोला, कुम्पुर तथा धादिङवेशी र आसपासका क्षेत्रबाट फ्याट्टफुट्ट रूपमा स्थानीयवासी तथा आन्तरिक पर्यटकहरू आइरहेको पाइएता पनि यस स्थलले वास्तविक रूपमा पर्यटकीय परिचय साट्न सकिरहेको छैन ।

धादिङ जिल्लाकै ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थल सिद्धलेक दर्शनका लागि एवं महाशिवरात्रिको जात्राका लागि आउने पर्यटकहरूलाई समेत पोखरी डाँडा पुर्याउन सकिने प्रर्याप्त सम्भावना देखिएको छ ।

यसैगरि, नयाँ वर्ष, दशैं-तिहार एवं चाड विशेषमा गाउँ आइपुगेका आसपासका क्षेत्र युवाहरू यहाँ रिफ्रेसमेन्टका लागि आइपुग्ने गरेको पाइएको हुँदा यस स्थानलाई पर्यटकीय स्थलको रूपमा अगाडि सारेमा पालिकाको मात्रै नभई मुलुककै पर्यटकीयस्थलहरूको सूचीमा एक नयाँ गन्तब्य थपिनेमा कुनै शंका छैन ।

पोखरी डाँडाको पर्यटकीय विविधता: ‘धादिङको मिनी बडीमालिका’

पोखरी डाँडाको भौगोलिक अवस्थितिले यसको पर्यटकीय सम्भावना उजागर गर्दछ । यस क्षेत्र मात्रै एक यस्तो स्थान हो, जसले १,००० मिटर आसपास नै उच्च पहाडी तथा लेकाली भूगोलको  विशेषता झल्काउँदछ ।

पोखरी डाँडाको लोभीलो, पोटिलो, चुस्त बान्की-बनोट भएका गोला-डोला एवं तरेली परेको हरियो भूदृश्यले एक तरिकाले बडिमालिका वा शैलुंगको झल्को दिन्छ ।

एक हिसाबले पोखरी डाँडालाई ‘धादिङको मिनी बडीमालिका’ या ‘मिनी शैलुंग’को उपमा दिन सकिन्छ । वा, १,५२५ मिटरको उचाईमा रहेको सिद्धलेक, त्यत्तिकै उचाईमा रहेको कल्लेरीको डाँडा वा ३,८०० मिटर उचाई रहेको पाङसाङ पासको सानो अंशको रुपमा पोखरी डाँडालाई लिन सकिन्छ ।

किनभने जीवन्त प्राकृतिक विविधताको चिनारी पस्किरहेको यस डाँडालाई धीत मर्नेगरि हेर्न र यहाँ चलिरहेको मिठो, सुवासिलो बतासलाई अँगाल्न पाउँदा हरेक मानव काया दंगदास पर्नेछ ।

गोलाकार एवं बाटुलो यस डाँडा बिहानीपख एवं सन्ध्याकालीन घामका सुनौलो किरणलाई आङमा बेर्ने र आफूसँग भएका चिन्ता, क्रोध, अशान्ति, असन्तोष, अतृप्ति जस्ता रज गुणहरू एवं  ईर्ष्या, निन्द्रा आलस्य, निष्क्रियता जस्ता तम गुणहरूलाई लत्त्याउँदै प्रेम, आनन्द, सन्तोष, हर्ष, तृप्ति जस्ता सत गुणहरू आफूमा प्रवाह गराउने थलो पनि हो । किनभने पोखरीडाँडा अद्भुत प्राकृतिक साक्षात्कार हो ।

मानवीय चहलपहल तथा गलत भौतिक संरचनाले हालसम्म बिथोल्न नभ्याएको यस क्षेत्रबाट काठमाडौं नजिकैको धादिङ जिल्लाका दर्जन बढी साबिकका गाविसहरू देख्न सकिने मात्रै होइन, पहाडी भूगोलको स्थानीयता, मौलिकता तथा परम्परागत संस्कृति र स्वच्छ वातावरण खोजिरहेकाहरूलाई आह्लादित पनि तुल्याउँछ ।

यहाँबाट बराम गाउँ, आप्री गाउँ, अर्चले गाउँ, माननलाङ लगातयका ग्रामीण मगर, नेवार तथा क्षेत्री बाहुनको मिश्रित गाउँघर देख्न सकिन्छ । साथसाथै, यहाँबाट २७० डिग्रीमा मुन्टो घुमाएर  दर्जन बढी अग्ला हिमालहरूको हिमाच्छादित मुस्कान देख्न सकिन्छ भने चराचुरुङ्गीको चिरबिरले आगन्तुकलाई मुग्धित पार्ने पक्कपक्की नै छ ।

यसप्रकार, गाडीको दूषित हावादेखि पर हुन् चाहेका, शान्ति खोज्ने तथा पहाडी सुन्दरतामा रम्न चाहनेहरूका लागि पोखरीडाँडा उपयुक्त गन्तव्य बन्न सक्दछ ।

अर्कोतर्फ, पोखरीडाँडा नामले नै पर्यटकको मनमस्तिष्कमा कुतुहलता थप्दछ । डाँडामा पोखरी भएकाले यसको नाम ‘पोखरी डाँडा’ परेको तर, यहाँ रहेको पोखरीमा पानी सुक्ने क्रममा रहेको देखिएकाले त्यसलाई पुनर्भरण गर्न पनि आवश्यक देखिन्छ ।

कहिले आउने पोखरीडाँडा ? 

वसन्त ऋतु, बर्खायाम तथा दशैं-तिहारको समयमा पोखरी डाँडा अझ विशेष देखिन्छ । किनभने त्यसबेला यस क्षेत्र आसपास फूलिरहेका दूधालु रङका चिलाउनेका फूलहरू, गोधुली क्षितिज सरह चम्किरहेका ऐसेलुका टोप्रा, चिचिल्ला हालिरहेका तिख्खर हरियो रङका आँपले  पोखरी डाँडालाई थप सुकुमार, कोमल बनाउँदछ ।

पुष-माघ र फागुनको समयमा पोखरी डाँडाका हरिया दुबाहरू सुक्ने हुनाले थोरै उराठपन देखिन्छ यद्यपि पछिल्ला दिनहरूमा प्राकृतिक उराठता पनि पर्यटकले रुचाउने गरेका छन् ।

हरियो वा रातो रङ मात्रै प्रकृतिको रङ होइन, खैरो रङसँग प्राकृतिक सौन्दर्यता हुन्छ भनेर पर्यटकले बुझ्न थालेका छन् । यस हिसाबले वर्षभर नै पोखरीडाँडामा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई ल्याउन सकिन्छ ।

अतः पोखरीडाँडा क्षेत्रको बारेमा बखान गरेर पुग्दैन, यसलाई पर्यटकमाझ पुर्याउनका लागि स्थानीय सरकार तथा पर्यटकीय संघसंस्थाहरूले कदमी लिनुपर्दछ भने स्थानीयवासीलाई पनि ग्रामीण पर्यटनसँग जोड्न सकिन्छ !

किनभने सहि समयमा सहि निर्णय र पर्यटकीय पूर्वाधार खडा गर्न सकेका कारण नै मुलुकमा  छोटो समयमै आन्तरिक पर्यटक माझ चम्किएका अनेक स्थानहरू छन् !

यसर्थ, पोखरी डाँडाको पर्यटकीय विविधतालाई आत्मासाथ गरि यसको संरक्षण, संवर्द्धन तथा प्रचारप्रसार कार्य शीघ्रातिशीघ्र थाल्दा  घुमघाम र पदयात्रा गर्न चाहने यात्रा–पारखीका लागि पोखरीडाँडा एक आकर्षक गन्तव्य बन्न सक्नेछ ।

प्याराग्याईडिङको संभावना

पोखरी डाँडाबाट मज्जाले प्याराग्याईडिङ गर्न सकिने संभवना पनि देखिएको छ । यो डाँडाको बनावटलाई हेर्ने हो भने प्याराग्याईडिङका लागि उडान भर्ने उपयुक्त स्थान हुने देखिन्छ ।

यहाँबाट सिद्धलेक(ढेँवा डाँडा)को दृश्यावलोकन सहित यहाँबाट बराम गाउँ, आप्री गाउँ, अर्चले गाउँ, माननलाङ लगातयका ग्रामीण मगर, नेवार तथा क्षेत्री बाहुनको मिश्रित गाउँघर प्याराग्याईडिङ मार्फत मज्जाले देख्न सकिन्छ ।

साथसाथै, यहाँबाट दर्जन बढी अग्ला हिमालहरूको हिमाच्छादित मुस्कान देख्न सकिन्छ । यो डाँडाबाट उडान भरेको प्याराग्याईडिङ तार नलाङको मैदानमा गएर ल्याण्डिङ गर्न सकिने संभावना देखिएको छ ।

कसरी आइपुग्ने पोखरीडाँडा ?

जिल्ला सदरमुकाम धादिङवेशीबाट आउँदै हुनुहुन्छ वैरेनी बजारबाट बलदेवी मन्दिरतर्फ आउने करिबकरिब पिच भइसकेको मूल बाटो समात्न सक्नुहुनेछ ।

काठमाडौंबाट आउँदै हुनुहुन्छ भने पनि पृथ्वीराजमार्ग अन्तर्गत रहेको फुर्केखोला (मलेखु नपुग्दै) बाट छिरेर परेवाटार, बुङचुङ हुँदै वैरेनी बजार आइपुग्नेहुनेछ त्यहाँ बाट अघिकै बाटो सामात्न सकिन्छ ।

पोखरी डाँडा गाडी, बाइक एवं पदमार्ग हरेक तरिकाले उपयुक्त छ । यहाँ आइसकेपछि काँडे भ्याकुर एवं गुराँस फुल्ने सिद्धलेकको दर्शन गरेर पर्यटकीय आकार्षणसहितको श्रीवन नेचर क्याम्प वा कफी डाँडामा रात बिताउन सक्नुहुनेछ ।

यस क्षेत्रमा अन्य होटेलहरूको भने अभाव रहेको छ । यद्यपि तपाइँ मिलनसार पात्ले एवं बलदेवी क्षेत्रका गाउँ पनि रात बिताउन सक्नुहुनेछ ।

(तस्बीरहरू: राजु झल्लु प्रसाद)

यो समाचार राजु झल्लु प्रसाद र प्रेम बास्तोलाले टुरशालामा लेख्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१०%१%२%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • rajendrapratap-shaha

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

  • समाचार
  • १

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ९ घण्टा अघि

  • २

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ९ घण्टा अघि

  • ३

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    ९ घण्टा अघि

  • ४

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १0 घण्टा अघि

  • ५

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १0 घण्टा अघि

  • ६

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १0 घण्टा अघि

  • ७

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ८

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • ९

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    २ दिन अघि

  • १०

    अवैध सिसौको काठसहित दुई जना पक्राउ
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution