काठमाण्डौ,२९ असोज ।
संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन् ।
त्यस्तै नागरिकहरुले युवा उम्मेदवारलाई प्राथमिकता दिन आवाज उठाउँदै आए पनि मुख्य दलहरुले यसको बेवास्ता गरेका छन् । ठूला पार्टीहरुबाट युवा उम्मेदवारको सङ्ख्या कम छ । स्वतन्त्रबाट भने धेरै युवाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगको विवरणअनुसार एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपाबाट उम्मेदवार बन्ने युवाको सङ्ख्या ४६ मात्रै छ ।
४० वर्ष उमेरसम्मका उम्मेदवारमध्ये एमालेबाट सात, माओवादीबाट ६, कांग्रेसबाट तीन तथा जसपा र लोसपाबाट १५÷१५ जना छन् ।
एकीकृत समाजवादीबाट ४० वर्षमुनिका युवा उम्मेदवार नै छैनन् । प्रतिनिधि सभा र र प्रदेश सभा चुनावका लागि देशभर ५ हजार ६ सयभन्दा धेरै उम्मेदवार रहेकोमा ४१ देखि ५० वर्ष उमेर समूहका बढी छन् ।
मुख्य दलहरुले आकाङ्क्षी युवालाई टिकटमा वञ्चित गर्दा यसअघिको चुनावमा भन्दा कम युवाको उम्मेदवारी परेको छ । ४० वर्षसम्म उमेर समूहका ३० प्रतिशत हाराहारीमा मात्रै युवा उम्मेदवार छन् । यसअघि २०७४ को संसदीय चुनावमा ३५ प्रतिशत र गएको पालिका चुनावमा ४१ प्रतिशत युवा उम्मेदवार थिए ।
महिला उम्मेदवारको सङ्ख्या झन् कम छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ प्रतिशतको हाराहारीमा मात्र महिला उम्मेदवारी परेको छ । एमालेले १२, माओवादीले ८, कांग्रेसले ६, राप्रपाले ८, जसपाले ७, लोसपाले ३ र एकीकृत समाजवादीले १ जना महिलालाई मात्र टिकट दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिने महिलाको सङ्ख्या ८५ छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |