निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको वास्तविक मतपत्रकाे नमुना सार्वजनिक गरेको छ । आयोगले विभिन्न जिल्लाका मतपत्र क्रमैसँग छापिरहेको छ । छपाइ भइसकेका केही जिल्लाका मतपत्रको नमुना आयोगले सार्वजनिक गरेको हो ।
यसपटकको चुनावमा उम्मेदवार नभएका ठाउँमा उनीहरुको चुनाव चिह्न पनि राखिएको छैन । उदाहरणको लागि कञ्चनपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नै नभएकाले मतपत्रमा रुख चिह्न राखिएको छैन ।
गठबन्धनका दलले देशैभरि तालमेल गरेकाले मतपत्रमा कतै रुख, कतै हँसिया हथौडा, कतै कलम र कतै गिलास चिह्न राखिएको छैन । यस्तै, एमालेले पनि केही क्षेत्रमा विभिन्न दलसँग तालमेल गरेकाले केही मतपत्रमा सूर्य चिह्न राखिएको छैन ।
आयोगले सबै क्षेत्रको लागि छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |