चुनाव प्रचारप्रसारका लागि टाँगिएका ब्यानरहरू तत्काल हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ । सोमवार देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले उम्मेदवारहरूले विभिन्न ठाउँमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो काम नगर्न अनुरोध गर्नुभयो । उहाँले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरूलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गर्नुभयो ।
सम्बन्धित उम्मेदवारले ब्यानर आफूले टाँगेको हो भनि स्वीकार नगरेको खण्डमा जुन चुनाव चिह्नकाे प्रयोग भएको छ त्यही उम्मेदवारले टाँगेको मानेर कारबाही गराउने आचारसंहितामा उल्लेख भएकाले त्यहीअनुसार काम गर्न पनि आयोगका सचिव दुवाडीले आग्रह गर्नुभयो । त्यस्तै उहाँले कुनै पनि बहानामा भोजभतेर गराउन नपाइने बताउनु भयो । उहाँले खेलकुद, पुरस्कार वितरणलगायतका कार्यक्रममा राजनीतिक आबद्धता देखाउन नहुने पनि उल्लेख गर्नुभयो ।
आयोगका सचिव दुवाडीले पालिकासँगको सहकार्यमा मतदाता शिक्षाको काम गर्न आग्रह गर्नुभयो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सहभागितामा मतदाता शिक्षा जिल्लास्तरीय समितिको व्यवस्था भएको र त्यही समितिअन्तर्गत मतदाता शिक्षाको काम अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । कर्मचारीलाई चुनावमा स्वच्छता कायम गराउन चुकेको आरोप लाग्ने गरेको भन्दै उहाँले त्यस्तो आरोपबाट मुक्त हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |