काठमाण्डौ,०६ कात्तिक।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ।
समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार पालिका चुनावमा उम्मेदवार भएर हिजो शनिबारसम्म खर्चको विवरण नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागिएको हो ।
दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै खर्च विवरण नबुझाएको पाइएको थियो । आयोगले उनीहरूलाई हिजोसम्म जरिबाना बुझाउने मौका दिएको थियो ।
तर, ५४ जनाले मात्रै जरिबाना तिरेका छन् । वाग्लेले हिजोसम्म जरिबाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने वाग्लेले बताउनुभयो। दलले बुझाएको बन्दसूचीको क्रमसङ्ख्याको अगाडि नै नाम भएकाले जरिबाना तिरे पनि अन्तिमतिर भएकाले नतिरेका आयोगले जनाएको छ ।
पालिका चुनावमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र खर्च नबुझाएका कारण गएको भदौ ३१ गते आयोगले १ लाख २३ हजार ६ सय २४ जनालाई जरिबाना गरेको थियो । त्यसमध्ये ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ ७१ र समानुपातिकतर्फ ४ सय ३९ जना उम्मेदवार बनेका थिए ।
प्रत्यक्षतर्फको यसअघि नै बुझाइसकेको भए पनि समानुपातिकको जरिबाना तिर्ने समय हिजोसम्म थियो । यो अवधिमा ५४ जनाले मात्रै जरिबाना बुझाएका विवरण आएको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |