उम्मेदवारबारे लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री प्रकाशन गरेकाे भन्दै निर्वाचन आयोगले फेसबुक पेज/ग्रुपप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
मङ्गलवार एक विज्ञप्ति निकालेर आयाेगले आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘नाे नट अगेन’ समेतका फेसबुक पेज/ग्रुपबाट प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको आयाेगले जनाएकाे हाे ।
झुटा फेसबुक पेज/ग्रुप बनाएर नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।
यी कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको भन्दै झुटा फेसबुक पेज/ग्रुप हटाउन पनि आयाेगले सचेत गराएकाे छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |