नेकपा एमालेले सुदूरपश्चिमका तीन जिल्लाका तीन नेतालाई कारबाही गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार तीन नेतालाई कारबाही गरेको हो ।
एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जय राज पाण्डये (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाट निश्कासित गरिएको हो । उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको एमालेले जनाएको छ ।
उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ । एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |