Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २३, शनिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

३ घण्टा अघि
२

कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई

४ घण्टा अघि
३

नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 

४ घण्टा अघि
४

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ दिन अघि
५

खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने

१ दिन अघि
६

प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता

१ दिन अघि
७

धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

२ दिन अघि
९

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

३ दिन अघि
१०

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

३ दिन अघि
११

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

३ दिन अघि
१२

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

३ दिन अघि

धेरै पढिएका

१

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

१ दिन अघि
२

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
३

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
४

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
५

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

५ दिन अघि
६

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

२ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

२ दिन अघि
८

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

२ हफ्ता अघि
९

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

४ दिन अघि
१०

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
११

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

२ हफ्ता अघि

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

  • Default Profile
  • बागमती कलम
  • ३१५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २३, बुधबार (३ साल अघि)
निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन सुरक्षामा झन्डै तीन लाख सुरक्षाकर्मीहरु परिचालित छन् ।

तीन सुरक्षा निकायका एक लाख ८२ हजार सुरक्षा जनशक्तिका साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालित छन् । अहिले आवश्यकताका आधारमा धेरै सुरक्षाकर्मी निर्वाचन सुरक्षामा परिचालित भइसकेका गृह मन्त्रालयले जनाएको छ । मतदानस्थलको चुनौतीका आधारमा विश्लेषण गरेर निर्वाचन सुरक्षा चुस्त पारिएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

मन्त्रालयले एकीकृत सुरक्षा योजना बनाएर तीन सुरक्षा घेरा निर्माण गरी निर्वाचनको विशेष सुरक्षा योजना तयार पारेको छ । जसमा पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना तैनाथ हुनेछन् ।आ–आफ्नो सुरक्षा निकायलाई प्राप्त जिम्मेवारी पूरा गर्न तीनवटै सुरक्षा निकाय सक्रिय छ । सुरक्षा निकाय तल्लीनसाथ लागेको छ ।

निर्वाचन आयोगमा रहेको निर्वाचसम्बन्धी संयुक्त अपरेसन टोलीले समेत एकीकृत रुपमा काम गरिरहेको छ । त्यसका लागि नेपाल प्रहरीबाट एसएसपीको नेतृत्वमा नौजनाको समूह छ । सामाजिक सञ्जाल लगायतका विभिन्न क्षेत्रमा निगरानी गर्ने काम गरिरहेको छ ।

“समग्रमा यसपालिको निर्वाचनको सुरक्षा योजना राम्रो र भरपर्दो छ, ढुक्कसँग मत दिने वातावरण छ”, नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले भन्नुभयो ।

उहाँका अनुसार यसपटक २८ साना समूहले चुनाव बहिष्कार गर्छौं भनेका छन् । ती समूहको सूक्ष्म निगरानी भइरहेको छ । “उनीहरुको समूह ठूलो छैन तर पनि त्यसको हामीले हरेक कोणबाट निगरानी गर्ने र उसका गतिविधिको सूक्ष्म विश्लेषण गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यस्तो छ नेपाल प्रहरीको तयारी

चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न कटिबद्ध रहेका नेपाल प्रहरीले जनाएको छ । ढुक्कसँग चुनावमा मत दिने वातावरण निर्माणमा नचुक्ने गरी सुरक्षा योजना बनाएको जनाइएको छ ।

विगतमा सुरक्षाले नसमेटेको क्षेत्रमा समेत अहिले प्रहरी परिचालित छ । अस्थायी चौकी खडा गरेरै निगरानी बढाइएको छ । सबै आवश्यक क्षेत्रमा म्यादी प्रहरी पनि परिचालित छन् ।

अलिकति समस्या उम्मेदवार र दलका प्रतिनिधिबीचमा हुने विवादहरु नै रहेको प्रहरीको निष्कर्ष छ । विगत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा त्यही भएको थियो । त्यसमा केही घटना भएको छ, त्यो कसरी भयो, सुरक्षा कहाँ चुक्यो, त्यसबाट पाठ लिएर अहिलेको सुरक्षा योजना बनाइएको प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो ।

प्रदेशगत रुपमा भेटेर छलफल गर्ने र सुरक्षाकर्मीको मनोबल बढाउने काम नेपाल प्रहरीका उच्च अधिकारीहरुबाट भइरहेको तथा आवश्यक निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।

प्रवक्ता राईले भन्ुनभयो, “हरेक निर्वाचनमा जहिले पनि सुरक्षाको चुनौती हुन्छ नै, तर चुनाव बिथोलिने अवस्था हुन्न, द्वन्द्वकालमा त चुनाव भएको थियो अहिले त सबै राजनीतिक पार्टीहरु चुनाव गराउन एक मत हुनुहुन्छ भने योपटक सुरक्षा चुनौती छ भन्न मिल्दैन ।”

नेपाल प्रहरी कहीँ कतै आकस्मिक घटना जहिले पनि हुनसक्छ भन्ने आङ्कलन गरेर त्यसको व्यवस्थापनका लागि नेपाल प्रहरी तयारीका साथ रहेको जनाइएको छ । अहिले आचारसंहिता पालनामा निर्वाचन आयोग आफैँ साक्रियताका साथ लागेकाले पनि थप सहज भएको प्रहरीको निष्कर्ष छ ।

यसपटकको निर्वाचनमा नेपाल प्रहीतर्फ ७१ हजार ६ सय ९३ जनशक्ति खटाइएको छ । त्यसका साथै एक लाख १५ हजार म्यादी प्रहरी छन् । काठमाडौँबाट यही २५ गतेसम्ममा झन्डै १२ हजार थप मद्दत विभिन्न प्रदेशमा पु¥याइन लागिएको छ ।

दोस्रो घेराको सुरक्षामा सशस्त्र प्रहरी

मङ्सिर ४ को निर्वाचनमा दोस्रो घेराको सुरक्षा पहरामा रहेको सशस्त्र प्रहरीले ३५ हजार जनशक्ति परिचालन गरेको जनाएको छ । आवश्यक जनशक्ति निर्वाचनमा खटिइसकेका छन् भने केही तयारी अवस्थामा रहेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा पनि सशस्त्र प्रहरीलाई छ । त्यसका साथै दोस्रो घेरामा रहेर सुरक्षा दिने जिम्मेवारी सशस्त्र प्रहरी बललाइ छ ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले सशस्त्रको निर्वाचन सुरक्षा बेस स्थापना गरी सादा पोसाक र मोबाइल गस्तीहरु सुरु भइसकेको जानकारी दिनुभयो । सीमा क्षेत्रमा समेत आवश्यक निगरानी भइसकेको उहाँले बताउनुभयो ।

सुरक्षा चुनौतीका आधारमा मतदानस्थलको वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाइएको पनि उहाँले जानकारी दिनुभयो ।

सेनाको यस्तो छ निर्वाचन सुरक्षा

नेपाली सेनाले यसपटकको निर्वाचनमा कुल ७५ हजार जनशक्ति परिचालन गर्दैछ । त्यसमध्ये आवश्यकताका आधारमा परिचालन हुनेछन् । सबै जनशक्ति परिचालन हुने गरी तयारी अवस्थामा रहेको छ ।

विगतको अनुभवका आधारमा एकीकृत सुरक्षा योजना मुताबिक सेनालाई प्राप्त म्यान्डेडअनुसार सबै जिल्लामा सेनाले निगरानी थालेको छ । जेल, विमानस्थललगायत सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षाको जिम्मा लिइरहेको ठाउँँमा समेत सेनाले जिम्मा लिइसकेको पनि उहाँले बताउनुभयो ।

त्यसका साथै मतपत्र छपाइ भण्डारण तथा ढुवानीसम्बन्धी सुरक्षाको जिम्मा सेनाको छ । सेना निर्वाचनको तेस्रो घेरामा रहने सुरक्षा दस्ता हो । त्यसका साथै हवाई निगरानी र बम डिस्पोजको आवश्यक सबै काम सेनाले गर्नुपर्ने भएकाले त्यसको तयारी पनि सबै प्रदेशमा गरिएको प्रवक्ता सिलवालले बताउनुभयो ।

यसअघि रहेको बेसले नभ्याउने ठाउँमा छुट्टै बस खडा गरेर निगरानी बढाएको पनि उहाँले जानकराी दनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • nilkantha-student-samman

    नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान

  • received_915359397750718

    कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई

  • received_1559480552255096

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 

  • pakrau

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

  • समाचार
  • १

    नीलकण्ठद्वारा एसईई र BLE मा ४ जिपिए ल्याउने विद्यार्थीसँगै शतप्रतिशत नतिजा ल्याउने विद्यालय र शिक्षकलाई नगदसहित सम्मान
    ३ घण्टा अघि

  • २

    कामनपा वडा अध्यक्ष कप बुद्धिचालको उपाधि क्षितिज भण्डारीलाई
    ४ घण्टा अघि

  • ३

    नेपाल पत्रकार महासंघ धादिङ बागमती प्रदेशकै उत्कृष्ट जिल्ला शाखा 
    ४ घण्टा अघि

  • ४

    जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ
    १ दिन अघि

  • ५

    खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप प्रतियोगिता दमकमा हुने
    १ दिन अघि

  • ६

    प्रथम केएमसी अध्यक्ष कप चेसमा क्षितिज भण्डारीको अग्रता
    १ दिन अघि

  • ७

    धादिङपोष्टको वार्षिकोत्सवमा ‘धादिङ चिनारी’ स्मारिका विमोचन
    १ दिन अघि

  • ८

    श्रीमानले गरे श्रीमतीको हत्या
    २ दिन अघि

  • ९

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    ३ दिन अघि

  • १०

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution