राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भनेको एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन्। सिन्धुपाल्चोकको मेलम्चीमा आयाेजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव भनेको देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्।
आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उनले बताए । निर्वाचनले देश र जनताका भविष्य बनाउने भएकाले आसन्न निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह पनि गरेका छन् ।
तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि देश ठूला भनिएका पार्टी र नेताहरूको बन्धकमा परेको आरोपसमेत लगाए । तीन दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको आरोप लगाउँदै सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणाले गरेको विकासको स्मरण गराए।
सोही चुनावी सभालाई सम्बोधन गर्दे राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक, झापा मात्र नभई छोरा राजेन्द्र लिङदेनसँगै संसद्मा पुगेर सुनौलो देश निर्माणको लागि खबरदारी गर्ने बताए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |