दार्चुलामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका-५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा झडप हुँदा ४ जना घाइते भएका छन्।
गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार राम दत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
झडपमा परी गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका-६ का जहेन्द्र धामी, सोही ठाउँका जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका-३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका-९ का सुरेश बादी घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |