राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् । काठमाडौंको वसन्तपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने बताएका हुन् ।
‘संघीयताका बारेमा त मैले भन्ने गरेकै छु, संघीय देशमा आर्थिक रुपमा, सामाजिक रुपमा भूराजनीतिक रुपमा देशको अखण्डताको लागि घाँडो हो, सकभर छिटो खारेज गर्नुपर्छ,’ सभामा उनले भने ।
देश कस्तो बनाउने भन्ने नेतृत्वमा परिकल्पना चाहिने बताएका उनले देशमा भएका भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न सकेमा आर्थिक विकास सम्भव रहेको बताए ।
भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम गर्न सक्ने बाह्य लगानी आउनेसमेत मिश्रको दाबी छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |