राप्रपा नेता प्रकाशचन्द्र लोहनीले अग्रगमनका नाममा जनताले दिएको राज्यशक्तिलाई नेताहरुले दुरुपयोग गरेको आरोप लगाएका छन् ।
काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले जनताको शक्तिबाट प्राप्त राज्यशक्तिकै दुरुपयोग गरेर जनताविरुद्ध नै प्रयोग गरेको आरोप लगाए । यदी कसैले दुरुपयोग भयो भन्यो भने पश्चगामीको आरोप लगाउने गरेको उनको भनाइ छ ।
‘यदी कसैले राज्यशक्तिको दुरुपयोग भयो भन्यो भने एउटा कथा रचिएको छ । कथा के हो भने यी त पश्चगामी भए । पश्चगामी भए भन्ने कथा रचिएको छ ,’ उनले भने, हामीलाई यस्तो भन्ने साथीहरुलाई सोध्न चहान्छु, संविधानको निरन्तर उल्लंघन गर्नु अग्रगामी हो ? संविधान निरन्तर उल्लंघन भएको छ । नियुक्ति र लाइसेन्स दिइएको छ । सत्तामा पुगेर शक्तिको सदुपयोग भयो ? के त्यही हो अग्रमगन भनेको ?’
यसबारे राप्रपाले जवाफ खोजेको भन्दै उनले पैसा लिएर भागबण्डलाई गर्नेलाई पनि अग्रमगन हो भन्दै प्रश्न गरे । प्रतिस्पर्धी राजनीतिक दलप्रति आक्रोश व्यक्त गरेका उनले राजदूत नियुक्तिमा पनि पैसाको लेनदेन हुने गरेको आरोप लगाए ।
आफूहरु संसदमा पुगेपछि अग्रगामीको नाममा दुर्गन्धपूर्ण भएका नवसामन्तीहरुको नागेंझार पार्ने डा. लोहनीको चेतावनी छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |