नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाका जनताको ऋण तिर्नुपर्ने अवस्थाले गठबन्धनमा छलफल गरेर नै त्यहाँ पुगेको बताएका छन् ।
चितवनमा गठबन्धनले शनिबार आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै प्रचण्डले गोरखाबाट निर्वाचन लड्दा चितवन छाडेको रूपमा नअर्थ्याउन नहुने पनि बताए । ‘म गोरखा जानुको अर्थ चितवन छाडेको होइन । चितवन ३ क्षेत्रका जनताप्रति आभार । मलाई विजयी गरेर चितवनको विकास र समृद्धिको खाका कोर्ने अवसर दिनुभयो । यसमा मलाई गर्व छ ।’ उनले भने ।
आउँदो मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रतिगमन परास्त हुनेगरी जनताले एकता प्रदर्शन गर्नुपर्ने प्रचण्डको भनाई छ । ‘देशभरिका जनताले गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरु पूरै पराजित हुनेछन्,’ उनले भने ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |