

धादिङ,२३ चैत।
सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न रोक लगाउन माग गर्नुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालिएकाले यसलाई रोक्न माग गर्नुभएको हो ।
उहाँले बन्चरेडाँडामा फोहोरको व्यवस्थापनबारे अनुगमन गर्न संसदीय टोलीलाई बन्चरेडाँडा पठाउनुपर्ने बताउनुभयो ।
सिसडोलमा फ्यालिएजस्तै बन्चरेडाँडामा पनि फोहोर फ्याल्न थालिएकाले स्थानीयलाई बस्नसमेत नसकिने अवस्था सृजना भएको उहाँको भनाइ छ। उहाँले व्यवस्थित रुपमा फोहोर फाल्न ल्याण्डफिल साइट बनाएको स्मरण गराउउनुभयो ।
पाण्डे धादिङ क्षेत्र नं १ बाट निर्वाचित नेकपा एकिकृत समाजबादीका सांसद हुनुहुन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |