पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी भएका छन् । हालसम्म नेपाल आर्मीले आठ स्वर्ण, नाै रजत र १० काँस्यसहित २७ पदक जित्दै शीर्ष स्थानमा छ ।
दोश्रो भएको बागमती प्रदेशले पाँच स्वर्ण, तीन रजत र दुई काँस्यसहित १० पदक जितेको छ । एपिएफले चार स्वर्ण, पाँ रजत र नाै काँस्यसहित १८ पदक जितेको छ भने नेपाल पुलिस क्लबले दुई स्वर्ण, एक रजत र दुई काँस्यसहित पाँच पदक पाएको छ ।
घरेलु मैदानमा गण्डकी प्रदेश कमजोर सावित भएकाे छ । गण्डकीले हालसम्म स्वर्ण र रजत पदक पाउन सकेको छैन । पाँच वटा काँस्य मात्रै पाएको गण्डकी सातौं स्थानमा छ । पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले एक स्वर्ण र तीन काँस्यसहित चार पदक र लुम्बिनीले दुई रजत पदक पाएको छ । प्रदेश १ ले तीन कास्य मात्रै जितेकाे छ । कर्णाली, मधेश र एनआरएनए हालसम्म पदकविहिन छन् । हालसम्म २० इभेन्टका खेल सकिएका छन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |