नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीच प्रतिश्पर्धा हुने भएको छ । मंगलबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । यता एपीएफले सुदुरपश्चिमलाई ५–१ को गोल अन्तरले पराजीत गरेर फाइनल यात्रा तय गरेको छ ।
गण्डकी र आर्मीबीचको खेलमा परिवर्तित खेलाडी सुदिल राईले निर्णायक गोल गरे । आर्मी समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
दोस्रो सेमिफाइनल खेलमा एपीएफ र सुदुरपश्चिमले पहिलो हाफ १–१ गोलको बराबरी खेलेपनि दोस्रो हाफमा सुदूरपश्चिम सम्हालिन नसक्दा पराजित भयो । एपीएफको जितमा प्रदिप लामाले २, नविन लामाले १, विकु तामाङले १ तथा हरि कार्कीले १ गोल गरे । सुदुरपश्चिमका लागि कुवेर सिंहले सान्त्वना गोल फर्काए । एपीएफ समूह ‘बि’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते बिहीबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा हुनेछ । बिहीबार नै तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिमबीच पहिलो खेल हुनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |