नेपालले बङ्गलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई १-० गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा नेपालका लागि वर्षा ओलीले निर्णायक गोल गर्नुभयो । वर्षाले ८७औँ मिनेटमा गोल गर्दै नेपाललाई दोस्रो जित दिलाए । वर्षाले यसअघि भुटानविरुद्धको खेलमा पनि एक्लै चार गोल गर्नुभएको थियो ।
नेपालले पहिलो खेलमा भुटानलाई ७-० गोलले हराएको थियो । जितसँगै ६ अङ्क बनाएको नेपाल तालिकाको शीर्षस्थानमा छ । तीन देश सहभागी च्याम्पियनसिपमा तीन अङ्क बनाएको बङ्गलादेश दोस्रो स्थानमा छ । अङ्कविहीन भुटान अन्तिममा छ ।
बङ्गलादेशले पहिलो खेलमा भुटानलाई ८-० गोलले हराएको थियो । डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा नेपालले अब बुधबार भुटान र शुक्रबार पुनः बङ्गलादेशसँग खेल्नेछ । डबल राउन्ड पछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |