म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल तालिकाका शीर्ष स्थानमा पुगेको छ । गएराति निकै रोमाञ्चक खेलमा फुलहमलाई २-१ गोलले हराउँदै सिटी ३२ अंकसहित आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । आर्सनलको ३१ अंक छ ।
गएराति सिटीका लागि अल्भारेजले १६ औँ मिनेटमा गोल गरेका थिए । तर फुलहमले पेनाल्टीमार्फत २८ औँ मिनेटमा बराबरी गोल फर्कायो । सिटीका क्यान्सेलो रातो कार्ड खाँदै बाहिरिए । निर्धारित ९० मिनेटसम्मको खेल बराबरीमै थियो ।
तर थपिएको समयको अन्तिम मिनेटमा सिटीले पेनाल्टी पायो । इर्लिङ हलाण्डले गोल गर्दै सिटीलाई नाटकीय जित दिलाए । हारेको फुलहम १९ अंकसहित आठौं स्थानमा छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |