ब्राजिली फरवार्ड नेयमार चम्कँदा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टलाई पराजित गरेको छ ।
पिएसजीले लोरिएन्टलाई उसकै मैदानमा २–१ को जित निकालेको हो । पिएसजीको जितमा नेयमारले एक गोसँगै असिस्ट प्रदान गर्दा डानिलो परेराले अर्काे गोल थपे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए ।लोरि
एन्टमा आइतबार राति भएको खेलको नवौं मिनेटमा नेयमारको गोलबाट पिएसजीले १–० को अग्रता लिन सफल भयो । उनले ह्युगो इटिकेको पासमा गोल गर्न सफल भएका थिए ।
५३औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले इन्जो लि फिको पासलाई सदुपयोग गर्दै लोरिएन्टलाई खेलमा फर्काउने संकेत दिए । त्यसपछि ८१औं मिनेटमा नेयमारको पासमा डानिलो परेराले गोल गर्दै पिएसजीलाई २–१ को महत्वपूर्ण जित दिलाए ।
यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको १४ खेलबाट ३८ अंक पुगेको छ । पराजित लोरिएन्ट २७ अंक जोडेर चौथो स्थानमा रहँदा तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |